Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टि,१९० को मृत्यु,६५४३ जना संक्रमणमुक्त

थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टि,१९० को मृत्यु,६५४३ जना संक्रमणमुक्त

  • 3.3K
    SHARES

  • थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टि,१९० को मृत्यु,६५४३ जना संक्रमणमुक्त

    बुटवल,जेठ ६-

    पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ । यस्तै निको भएकासहित कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ । 

    मन्त्रालयले आजसम्म देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८५२ नाघेको जनाएको छ भने मृतकको कुल संख्या ५ हजार ८४७ पुगेको छ । बितेको २४ घण्टामा २२ हजार ८७ जनामा कोरोना परीक्षण भएको थियो ।

    यसअघि बुधबार ८ हजार १७३ मा संक्रमण पुष्टि हुनुका साथै २४६ को मृत्यु भएको थियो । यस्तै ७ हजार ९८९ जना संक्रमण मुक्त भएका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology