Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि, ७९८९ जना संक्रमणमुक्त,२४६ को मृत्यु

थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि, ७९८९ जना संक्रमणमुक्त,२४६ को मृत्यु

  • 3.5K
    SHARES

  • थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि, ७९८९ जना संक्रमणमुक्त,२४६ को मृत्यु

    बुटवल,जेठ ५-

    पछिल्लो २४ घण्टामा नेपालमा थप ८१७३  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने थप २४६ को मृत्यु भएको छ ।  । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।  

    यस्तै ७ हजार ९८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए ।  यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकामा जम्मा २ हजार ४८६  जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए । 
    उनका अनुसार पछिल्लो २४ घण्टामा २४६ को मृत्यु भएको छ । 

    रूपन्देहीमा एकैदिनमा ३ सय ९ जना कोराेना संक्रमित थपिए:

    रूपन्देहीमा एकैदिनमा ३ सय ९ जना कोराेना संक्रमित थपिएका छन् भने साेही अवधीमा १० जनाको मृत्यु भएको छ ।  रूपन्देहीमा सक्रिय संक्रमितको संख्या ५ हजार ८८८ पुगेको छ । मृत्यु हुनेको संख्या ३७७ पुगेको छ ।

    १००९ जनाको कोरोना परीक्षण गर्दा ३०९ जनामा संक्रमण पुष्टि भएको हाे । ।बुटवल उपमहानगरमा सबैभन्दा धेरै १०६ जनामा संक्रमण पुष्टि भएको छ ।

    यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार १७ पुगेको छ । जसमध्ये १७ हजार ७५२ जना निको भएका छन भने  २४ घण्टामा ७ सय ९ जना संक्रमित निको भएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology