Logo बिहिवार, आश्विन १ गते २०८३
images

नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर घाइते युवकको मृत्यु,झडपमा ६ प्रहरी घाइते

नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर घाइते युवकको मृत्यु,झडपमा ६ प्रहरी घाइते

  • 3.6K
    SHARES

  • नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर घाइते युवकको मृत्यु,झडपमा ६ प्रहरी घाइते

    बुटवल,जेठ ५-

    पश्चिम नवलपरासीमा सशस्त्रको गोली लागेर घाइते युवकको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभरको मृत्यु भएको हाे  ।

    उनको स्थानीय सहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा ल्याउँदैगर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।apf.jpg

    भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाकाबाट भारततर्फ जान लागेका स्थानीय केहि युवालाई नाकामा खटिएका सशस्त्र प्रहरीले कोभिड-१९ को जोखिमका कारण रोकेको थियो ।

    आफुहरुलाई सशस्त्रले रोकेर जान नदिएको भन्दै उनीहरुले गाउँमा पुगेर अरू स्थानीयलाई खबर गरेको र खबर पाउने बित्तिकै ५०-६० जनाको समूहमा आएका स्थानीयहरुले सशस्त्रमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए ।

    अधिकारीका अनुसार भीडलाई नियन्त्रण गर्न सुरुमा अश्रु ग्याँस प्रहार गरेको भएतापनि भीड असमान्य तरिकाबाट आक्रामक भएपछि बाध्य भएर सशस्त्र प्रहरीले एक राउन्ड गोली चलाएको हो ।

    भीडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र प्रहरी नायब निरक्षक शंकर बुढाथोकी सहित अन्य ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते बुढाथोकीको टाउकोमा चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology