Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुकुम पश्चिम हिडेको बस नवलपरासी बर्दघाटमा दुर्घटना,४ जनाको मृत्यु

रुकुम पश्चिम हिडेको बस नवलपरासी बर्दघाटमा दुर्घटना,४ जनाको मृत्यु

  • 4.3K
    SHARES

  • रुकुम पश्चिम हिडेको बस नवलपरासी बर्दघाटमा दुर्घटना,४ जनाको मृत्यु

    बुटवल,जेठ ५-

    नवलपरासी जिल्लाको बर्दघाट दाउन्ने सडकखण्डको खुर्सानीखोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । 

    पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने दाउन्ने सिस्नेखोलामा ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको हो । बस काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको  थियाे।bus accident.jpg

    ज्यान गुमाउने मध्ये रुकुम पश्चिम घर हुने २७ वर्षीय कल्पना पुनको सनाखत भएको छ भने बाकी ३ जनाको सनाखत भैनसकेको ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका ट्राफिक प्रहरी निरीक्षक बासु नेपालले जानकारी दिए ।

    साे बसमा अन्दाजी ४५ यात्रु रहेको र ति मध्ये ३५ जना भन्दा धेरै घाइतेहरुलाई घटनास्थलबाट उद्दार गरि केहिलाई बुटवल र केहिलाई स्थानीय चिसापानी अस्पतालमा पठाईएको छ ।

    बस सडकबाट २०० मिटर तल खसेको र अप्ठेरो ठाउँमा भएकाले उद्धार कार्यमा समस्या भएको प्रहरीको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology