बुटवल,जेठ ५-
कोरोनाका कारण रुपन्देहीका पत्रकार हिक्मत चौधरीको निधन भएको छ । बुटवल धागो कारखानामा संचालित कोरोना बिशेष अस्पतालमा उहाको निधन भएको हो ।
तिलोत्तमा बनबाटीका आइसोलेसनमा उपचार शुरु गरिएका उहाँलाइ पछिल्लो समय कोरोना बिशेष अस्पताल लगिएको थियो । १० दिनदेखि कोरोना बिशेष अस्पतालमा उपचाररत चौधरीको भेन्टिलेटरमा राखेर उपचार गरिएपनि उहाँको आज बिहान ३ :१५ बजे निधन भएको अस्तालका प्रबक्ता डा. बिष्णु गौतमले जानकारी नागरिक अनलाइनलाई जानकारी दिनुभयो ।
डा. बिष्णु गौतमका अनुसार मंगलबार ४ बजेदेखि आज बुधबार बिहान ८ बजेको अवधीमा उपचाररत ५ जनाको मृत्यु भएको छ । जसमध्ये रुपन्देहीका ४ जना कोराेना पाेजेटिभ बिरामी र एक जना सैनामैनाका पुरुषको जस्को कोराेना नेगेटिभ देखिएपनि मृत्यु भएको छ।
५ मध्ये एक महिला र ४ पुरुष हुन् भने उनीहरुको उमेर ५२ देखि ६० बर्ष रहको छ ।
तिलोत्तमा ५ मणिग्राम निवासी ६० बर्षिय पत्रकार चौधरी २ दशकदेखि रेडियो लुम्बिनीमा कार्यरत हुनुहुन्थ्यो । उहाँका श्रीमती ४ छोरी र २ छोरा छन् । उहाको निधनले पत्रकार महासंघ स्तब्ध भएको अध्यक्ष रामराज पोखरेलले बताउनुभयो ।
महासंघले एक असल कर्मशील पत्रकार गुमाउनुपरेको सचिव बिनोद परियारले जानकारी दिनुभयो । उहाँको निधनप्रति नागरिक अनलाइन हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमा डुबेको परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै समबेदना ब्यक्त गर्दछ ।
बुटवललमा उपचाररत ५ जना संक्रमितको मृत्यु :
अस्तालका प्रबक्ता डा. बिष्णु गौतमका अनुसार मंगलबार ४ बजेदेखि आज बुधबार बिहान ८ बजेको अवधीमा उपचाररत ५ जनाको मृत्यु भएको छ ।
जसमध्ये रुपन्देहीका ४ जना कोराेना पाेजेटिभ बिरामी र एक जना सैनामैनाका पुरुषको जस्को कोराेना नेगेटिभ देखिएपनि मृत्यु भएको छ। ५ मध्ये एक महिला र ४ पुरुष हुन् भने उनीहरुको उमेर ५२ देखि ६० बर्ष रहको छ ।
१ जना लुम्बिनी प्रादेशीक अस्पतालमा र अन्य चारजनाको बुटवल कोरोना बिशेष अस्पतालमा मृत्यु भएको हाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)