Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि,११ जनाको मृत्यु

रुपन्देहीमा थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि,११ जनाको मृत्यु

  • 2.5K
    SHARES

  • रुपन्देहीमा थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि,११ जनाको मृत्यु

    बुटवल, जेठ ३-

    रुपन्देहीमा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ११ जनाको मृत्यु भएको छ । सोमबार एकैदिन १हजार ३३६ जनाको परिक्षण गर्दा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

    सोमबार एकै दिन बुटवल उपमहानगरपालिकामा सबैभन्दा धेरै १६४ जनामा संक्रमण पुष्टि भएको छ ।

    यस्तै तिलोत्तमा नगरपालिकामा ७६ , सैनामैनामा ३३ ,शिद्धार्थनगर नगरपालिकामा २८ ,देवदहमा ३१ , लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

    यस्तै सियारी गाउँपालिकामा ११, गैडहवामा २ ,मायादेविमा ४ ,मर्चवारीमा १ ,ओमसतियामा १० ,कञ्चनमा ३ ,रोहणीमा १,शुद्धोधनमा ९ , सम्मरीमाईमा १ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा अहिलेसम्म २३ हजार २ सय ५४ कूल संक्रमित मध्ये १६ हजार २ सय ६५ जना निको भएका छन भने  ३६२ जनाको मृत्यु भएको छ ।

    साेमबार नेेपालमा २१४ जनाको मृत्यु भएको हाे भने ९ हजार २४७ जनामा कोरोना संक्रमण देखिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology