Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल कालिकानगरमा रहेकाे ग्लोबल आवाज डटकमकाे कार्यालयमा आक्रमण,समाचार शाखामा क्षति

बुटवल कालिकानगरमा रहेकाे ग्लोबल आवाज डटकमकाे कार्यालयमा आक्रमण,समाचार शाखामा क्षति

  • 9.8K
    SHARES

  • बुटवल कालिकानगरमा रहेकाे ग्लोबल आवाज डटकमकाे कार्यालयमा आक्रमण,समाचार शाखामा क्षति

    बुटवल,असाेज १- 

    ग्लोबल आवाज डटकमकाे कार्यालयमा आक्रमण भएको छ । अनलाइनकाे बुटवल-११ कालिकानगरमा रहेकाे कार्यालयमा गएराती ढुङ्गा प्रहार भएको हो । अनलाइनको समाचार शाखा र प्रबन्ध सम्पादककाे शाखा ढुङ्गा प्रहारपछि सिसा समेत फुटेको छ । 

    सञ्चार गृहका सञ्चालक तथा प्रवन्धक गौतम भुसालले घटनाप्रति दुःख व्यक्त गर्दै दोषी उपर कारबाहीको माग गरेका छन् । तीनतलामाथि रहेकाे कार्यालयमा ढु‌ंगा प्रहार भएकाे सम्पादक एनबी कंडेलले नागरिक अनलाइलाइ बताए । घटनाबारे बुटवल प्रहरीले थप अनुसन्धान थालेको जनाएकाे छ ।  के कारणले कस्ले आक्रमण भएकाे हाे भन्ने खुलेकाे छैन ।

    घटनापछि स्थलगत निरीक्षण गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले घटनाप्रति खेद व्यक्त गरेका छन् । कुनै पनि सञ्चार गृहमाथि भौतिक रुपमा आक्रमण हुनु निन्दनिय भएको उनले बताए ।

    कुनैपनि मिडिया हाउसमा आक्रमण हुनु निकै निन्दनीय र प्रेस स्वतन्त्रतामाथि कै प्रहार भएकाले नागरिक अनलाइन डटकम साे घटनाका दाेषिलाइ तत्काल कानुनी कारबाहीकाे माग गर्दछ ।

    dhunga prahar.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology