Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा आज १८ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ३२७ पुग्याे

रुपन्देहीमा आज १८ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ३२७ पुग्याे

  • 3.2K
    SHARES

  • रुपन्देहीमा आज १८ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ३२७ पुग्याे

    बुटवल,बैसाख ३०-

    रुपन्देहीमा पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको ज्यान गएको छ । जिल्लामा १२९७ नमुना परीक्षण गर्दा ४९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४९२ जना कोरोना मुक्त भएका छन् ।

    बिहिबार रुपन्देहीको बुटवल उपमहानगरमा १९४ जना, तिलोत्तमामा १३० जना, सिद्धार्थनगरमा ४५ जना, सैनामैनामा ४१ जना, देवदह र कञ्चनमा २०।२० जना कोरोना संक्रमित थपिएका छन् ।

    त्यसैगरि सियारीमा ११ जना, कोटहिमाईमा ९ जना, ओमसतियामा ८, शुद्धोधनमा ५ जना, गैडहवामा ४ जना, मायादेबीमा ३, रोहिणीमा २ र लुम्बिनी साँस्कृतिक नगरमा तथा सम्मरीमाईमा १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।rupandehi.jpg

    रुपन्देहीमा मृत्यु हुनेको संख्या ३२७ पुगेको छ भने ७ हजार ४७० जना सक्रिय संक्रमित छन् ।

    नेपालमा एकैदिन २१४ जनाको मृत्यु,५०५५ जना कोरोना संक्रमणमुक्त :


    पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४६६ पुगेको छ ।

    यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

    आजमात्रै देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  

    korona.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology