Logo बिहिवार, आश्विन १ गते २०८३
images

देउवाको नेतृत्वमा सरकार बनाउन बहुमत पुग्ने काँग्रेसको विश्वास,आवश्यक समर्थन जुटाउने निर्णय

देउवाको नेतृत्वमा सरकार बनाउन बहुमत पुग्ने काँग्रेसको विश्वास,आवश्यक समर्थन जुटाउने निर्णय

  • 2.4K
    SHARES

  • देउवाको नेतृत्वमा सरकार बनाउन बहुमत पुग्ने काँग्रेसको विश्वास,आवश्यक समर्थन जुटाउने निर्णय

    बुटवल,बैसाख २८-

    नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन आवश्यक समर्थन जुटाउन लागिपर्ने निर्णय गरेको छ ।

    काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समयसीमा भित्र देउवाको नेतृत्वमा सरकार बनाउन बहुमत पुग्ने विश्वास लिएको छ।

     बैठकपछि सहमहामन्त्री प्रकाश शरण महतले माओवादी केन्द्र काँग्रेसलाई सघाउने बारे स्पष्ट रहेको र अन्तिम समयसम्ममा जसपा पनि एकजुट हुने विश्वास व्यक्त गरे ।

    यस्तै एमालेकै माधव कुमार नेपाल समूहले  तोकिएको समयभित्र एउटा निकास दिने भएकाले पार्टीको नेतत्वमा सरकार बन्ने पर्याप्त आधार रहेको दावी गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology