Logo बिहिवार, आश्विन १ गते २०८३
images

भैरहवाको लुम्बिनी प्रेस क्लवले आइसोलेसनका लागि भवन दिने 

भैरहवाको लुम्बिनी प्रेस क्लवले आइसोलेसनका लागि भवन दिने 

  • 2.6K
    SHARES

  • भैरहवाको लुम्बिनी प्रेस क्लवले आइसोलेसनका लागि भवन दिने 

    बुटवल,बैसाख २६- 

    लुम्बिनी प्रेस क्लबले आफ्नो भवन आइसोलेसनका लागि दिने निर्णय गरेको छ।

    शनिबार क्लबको बसेको भर्चुअल बैठकले लुम्बिनी रोडमा रहेको चार तल्ले भवनमा कुनै स्थानीय तह वा संघसंस्थाले आइसोलेसन बनाउन चाहेमा दिने निर्णय गरेको हो। 

    कोरोना महामारीले उपचार नपाएर बिरामीको मृत्यु हुन थालेकाले यस्तो बेला आइसोलेसन बनाउन आफूहरु सहयोगी बन्न तयार रहेको क्लबका अध्यक्ष नरेश केसीले जानकारी दिए।

    यसैगरि बैठकले प्रेस क्लबको सदस्यको कोरोना परिक्षण निशुल्क रुपमा गराउनेगरि पहल गर्ने निर्णय गरिएको छ ।यसैगरि पत्रकार तथा आम जनतालाई कोरोना उपचारमा सहजताकोलागि सथानिय प्रशासन र अस्पताल प्रशासनसँग समन्वय गर्ने निर्णय भएको छ ।

    बैठकले स्थलगत रिपोर्टिङमा हिड्ने क्लबका सदस्यहरुकोलागि आवश्यक मास्क, स्यानेटाईजर उपलब्ध गराउने निर्णय गर्दै त्यसको संयोजन गर्नेगरि संस्थाका कोषाध्यक्ष प्रकाश न्यौपानेलाई संयोजक चयन गरेको छ।

    यसैगरि बैठकले कोरोना संक्रमितहरुको सहज स्वास्थय उपचारको ब्यवस्थाकोलागि तिनै तहका सरकार र स्थानिय प्रशासनसंग माग गर्दै कोरोना संक्रमित भई निधन भएका पत्रकारहरु तथा सबै मानवजातिहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै उपचारतहरुको शिघ्र स्वास्थयलाभको कामना गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology