Logo बिहिवार, आश्विन १ गते २०८३
images

पछिल्लो २४ घण्टामा रुपन्देहीमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा रुपन्देहीमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु

  • 2.8K
    SHARES

  • पछिल्लो २४ घण्टामा रुपन्देहीमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु

    बुटवल,बैसाख २६- 

    पछिल्लो २४ घण्टामा रुपन्देही जिल्लामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।   २४ घण्टामा १ हजार १ सय ४१ जनाको पिसिआर परिक्षण गर्दा ६ सय ९८ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

     जिल्लामा अहिलेसम्म १७ हजार ५ सय ७८ जना संक्रमित भएका छन भने ११ हजार ४३ जना निको भएको र २६२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

    अहिले ६ हजार २ सय ७३ जना संक्रिय संक्रमित रहेका छन । पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै सिद्धार्थनगर नगरपालिकामा ७८ , तिलोत्तमा नगरपालिकामा १५१ , सैनामैना नगरपालिकामा ७२ , देवदह नगरपालिकामा २८, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ६ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    यस्तै सियारी गाउँपालिकामा १२ ,गैडहवा गाउँपालिकामा ३, मायादेवि गाउँपालिकामा २ ,ओमसतिया गाउँपालिकामा ७ ,कञ्चन गाउँपालिकामा २० , रोहणी गाउँपालिकामा ३ , शुद्धोधन गाउँपालिकामा १४ , कोटहीमाई गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा ३ सय ५९ कोरोना संक्रमित लक्षण सहित रहेको स्वास्थ्य कार्यालयको भनाई छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology