बुटवल, बैसाख २५ ।
बुटवलमा उपचाररत थप २ संक्रमितको आज बिहान मृत्यु भएको छ । मृत्यु हुने दुवैजना बुटवल उपमहानगरपालिकाका हुन् ।
अस्पतालका प्रवक्ता डा.विष्णु गौतमका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १ का ४८ वर्षीय पुरुष र ११ का ३० वर्षीया महिला रहेका छन् ।
उनीहरु वैशाख २२ गते अस्पतालको आईसीयूमा भर्ना भएका थिए। दुवैलाई निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको डा. गौतमले बताए । योसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २ सय ५५ पुगेको जिल्ला स्वाथ्य कार्यालयको तथ्यांकमा उल्लेख रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)