Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मीमा निषेधाज्ञा लम्बियो,जेठ ४ गतेसम्म सबै सेवा ठप्प

गुल्मीमा निषेधाज्ञा लम्बियो,जेठ ४ गतेसम्म सबै सेवा ठप्प

  • 3.6K
    SHARES

  • गुल्मीमा निषेधाज्ञा लम्बियो,जेठ ४ गतेसम्म सबै सेवा ठप्प

    बुटवल,बैशाख २४-

    गुल्मीमा जारी निषेधाज्ञा लम्बिएको छ । यस अघि जारी गरिएको निषेधाज्ञा शनिवार राती १२ बजे सकिदै छ । थप गरिएको निषेधाज्ञा शनिवार राती १२ बजेदेखि जेठ ४ गतेसम्म रहने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयाे ।

    निषेधाज्ञा जारी गरिएको समय अबधिमा अति–आवश्यक बाहेक अन्य सेवाहरु सबै बन्द रहने छन् । जिल्लाका खाद्य सामग्री, दुध, फलफूल, तरकारी माछा मासु, पानी, ग्यास बिहान ७ बजेदेखि ९ बजे सम्म स्वास्थ्यका मापदण्डहरु पुरा गरी सञ्चालनमा रहने बताइएको छ । विवाह प्रयोजनका लागि शुभ बिवाह लेखिएको ब्यानर सहित बढीमा दुईवटा गाडीमा १५ जना सम्मलाई नजिकैको प्रहरी चौकीबाट सहजीकरण गर्ने प्रशासनले जनाएको छ ।

    थप गरिएको निषेधाज्ञालाई अघिको भन्दा कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ ।
    जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा अबज्ञा गरे संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    जिल्लामा शुक्रबारसम्म ४ सय ७६ जना सक्रिय संक्रमित छन् । २३ जना निको भएर घर फकिएका छन् । संक्रमणका कारण हालसम्म १५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology