बुटवल,बैशाख २२ ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको फिबर क्लिनिकमा उपचाररत तीनजना महिला र एक पुरुष संक्रमितको ज्यान गएको हो ।
मृत्युहुनेमा बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुष,बुटवल–९ की ५४ वर्षीया महिला, कन्चन गाउँपालिका–४की २७ वर्षीय महिला र तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला रहेका छन् ।
अस्पतालका अनुसार कोरोना बिशेष अस्थायी अस्पतालमा बेड नपाएपछि उनीहरुलाई फिवर क्लिनिकमा नै उपचारका लागि राखिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)