Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मीमा वैशाख १८ गतेदेखि २५ गतेसम्म निषेधाज्ञा लागु (बिज्ञप्तिसहित)

गुल्मीमा वैशाख १८ गतेदेखि २५ गतेसम्म निषेधाज्ञा लागु (बिज्ञप्तिसहित)

  • 4.2K
    SHARES

  • गुल्मीमा वैशाख १८ गतेदेखि २५ गतेसम्म निषेधाज्ञा  लागु (बिज्ञप्तिसहित)

    बुटवल,बैसाख१७- 

    गुल्मीमा शनिबार मध्यरातिदेखि लागु हुनेगरि निषेधाज्ञा जारी भएको छ ।

    विश्वभर फैलिदै गएको कोरोना भाइरसको दोस्रो लहर अन्र्तगत गुल्मीमा नयाँ प्रजातिको सङ्क्रमण समुदाय स्तरसम्म फैलदै जान थालेपछि जिल्ला प्रशासन कार्यालयले शनिवार राति १२ बजेदेखि लागु हुने गरी एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

    जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले यही वैशाख १८ गते राती १२ बजेदेखि २५ गते राती १२ वजे सम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनु भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले गरेका निर्णयहरु समेत सार्वजनिक गरिएको छ । 
    निषेधाज्ञाको समयमा औषधि पसलहरु चौबिसै घण्टा खुल्ला रहने छन् भने अत्यावश्यक उपभोग्य बस्तुको बिक्रि बितरणका लागि बिहान ७ देखि नौ बजेसम्म समय तोकिएको छ । जिल्लामा लामो तथा छोटो दुरिका सम्पुर्ण सवारी साधनहरु सञ्चालनमा रोक लगाईने भएको छ । एम्बुलेन्स, प्रेस, दुध र पानी बोक्ने गाडीहरु भने निर्वाध रुपमा संचालन हुने भएका छन् ।

    पछिल्लो समयमा गुल्मीमा कोभिड सङ्क्रमणका कारण शुक्रबार सम्ममा ६ जनाको ज्यान गईसकेको छ भने थप २ सय नौं जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भईसकेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा.भवानी प्रसाद शर्माले जानकारी दिनु भएको छ । gulmi 1.jpg

    gulmi 2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology