Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागु,के-के गर्न पाइन्छ/पाइन्न ?

रुपन्देहीमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागु,के-के गर्न पाइन्छ/पाइन्न ?

  • 9.3K
    SHARES

  • रुपन्देहीमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागु,के-के गर्न पाइन्छ/पाइन्न ?

    बुटवल,बैशाख १६-

    रुपन्देहीमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागेको छ ।  प्रमुख जिल्ला अधिकारीले बुधबार नै  जारी गरेआदेश अनुसार अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाइएको छ ।  

    सूचनाअनुसार वैशाख १६ गते बिहान ६ बजेदेखि ३० गते बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । received_311167467181314.jpeg

    अत्यावश्यक अन्तर्गत खाद्य सामग्रीको पसल खुला हुनेछ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् ।

    विवाह ब्रतबन्धको हकमा भने स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइने आदेशमा उल्लेख छ । received_311167467181314.jpeg

    ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् ।

    त्यस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानीका साधन सञ्चालनमा कुनै रोक हुने छैन ।

    सरकारी कार्यालयका गाडी सम्बन्धित विभागबाट अनुमति लिएर सञ्चालन हुन पाइने छ भने विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका गाडी चलाउने पास सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले दिने व्यवस्था मिलाइएको छ ।

    यस्तै अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरूको हवाइ टिकट, पासपोर्ट, भिषा हुनेहरूलाई एयरपोर्ट जाने पाउने छन् ।

    संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, भेला गर्न रोक लगाइएको छ । जारी आदेशमा सपिङ मल, सिनेमा हल, सैलुन आदि सञ्चालनमा पनि रोक लगाइएको छ ।received_311167467181314.jpegreceived_763266281218197.jpeg

    received_1168128750358404.jpeg

    यी पनि पढाैँ:-


    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कल्पना डुम्रे

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology