भैरहवा,बैशाख १४ ।
पत्रकारहरु सधै लोकतन्त्र, सत्य र जनताको पक्षमा हुनुपर्ने स्थानिय सरकारका प्रमुखले जोड दिएका छन् ।
सिद्धार्थगरपालिका भैरहवाले नेपाल पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित पदाधिकारि तथा सदस्यहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै नगरको प्रमुख हरिप्रसाद अधिकारले प्रतिगमनको बिरुद्धमा पत्रकारहरुले देखाएको साहस प्रशसनिय रहेको बताए ।
उनले भने, -‘पत्रकारले गलतलाई गलत र सहिलाई सहि भन्नुपर्छ । पत्रकार महासंघको निर्वाचनमा यहाँहरुले सत्यको पक्षमा गरेको मतदानको म सम्मान गर्छु । ’
प्रमुख अधिकारिले नियतबश गरेको गल्तिलाई पत्रकारले थाहा पाएसम्म समाचार लेखेर जनमानसमा पुराउनुपर्ने पनि बताए ।
उनले भने,‘पत्रकारहरुले स्थानिय सरकारलाई घचघचाउनुपर्छ ।’ अधिकारिले सक्रिय पत्रकारको सुरक्षित भविस्यकोलागि अक्षयकोष खडा गरेर काम गर्न सुझाब समेत दिए ।
विगतमा सक्रियता पुर्वक समाज परिवर्तन र जनताको पक्षमा रहेका पत्रकारहरु आज कतिपय साथिहरु आर्थिक समस्यामा परेको हुदाँ भविस्यमा आईपर्ने समस्या टार्न अक्षयकोषको जरुरि रहेको अधिकारिको भनाई छ ।
सो अवसरमा उपप्रमुख उमा काफ्लेले भनिन,ूपत्रकारहरु सधै सत्य, लोकतन्त्र र जनताको पक्षमा हुनुपर्छ ।
काफ्लेले समाजको सम्मानित पेशा पत्रकारिता क्षेत्रले खेलेको भुमिका प्रशंसनिय रहेको बताउदै भनिन,‘बौद्धिक श्रमजिवि समुदाय नै पत्रकार हो ।’
कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम मरासिनिले स्थानिय सरकारले गरेका गतिबिधिको खोजमूलक ढंगले समाचार संप्रेषण गर्नुपर्ने बताए। पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले अबको पत्रकारिता समिक्षात्मक र खोजमुलक नै हुने बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के सीले पत्रकारिता क्षेत्र सधै सत्य र तथ्यको पक्षमा उभिने बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)