Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चेम्बर अफ कमर्स लुम्बिनीको अध्यक्षमा पोखरेल मनोनित

चेम्बर अफ कमर्स लुम्बिनीको अध्यक्षमा पोखरेल मनोनित

  • 4.8K
    SHARES

  • चेम्बर अफ कमर्स लुम्बिनीको अध्यक्षमा पोखरेल मनोनित

    बुटवल,बैशाख ९-

    लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा टंकप्रसाद पोखरेल मनोनित हुनुभएको छ। नेपाल चेम्बर अफ कमर्सको विधान बमोजिम पोखरेललाई तीन वर्षे कार्यकालका लागि प्रदेश अध्यक्षमा मनोनित गरिएको हो।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पोखरेललाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको पत्र बिहीबार हस्तान्तरण गर्नुभयो ।

    पोखरेलले चेम्बरको संस्थागत विकासमा लाग्ने प्रतिक्रिया दिनुभयो । 

    'प्रदेशमा विभिन्न अभियानमार्फत् रोजगारी वृद्धि गर्ने र आयआर्जनमा जोड्नमा हाम्रो ध्यान हुनेछ', उहाँले भन्नुभयो, 'चेम्बरको संस्थागत विकास गर्दै व्यावसायिक एकतामा जोड दिनेछौँ ।'

    रूपन्देहीलाई कर्मथलो बनाई २०५४ सालदेखि चेम्बर अभियानमा सक्रिय पोखरेल रूपन्देही व्यापार संघको २०६४ देखि २०७० सम्म अध्यक्ष हुनुहुन्थ्यो ।

    जेसिज,रोटरी र सहकारीमा समेत कुशल नेतृत्व प्रदान गर्नु भएका पोखरेलले २०४५ सालदेखि बुटवललाई कार्यक्षेत्र बनाई अटो मोबाइल्स,हाइड्रो,बैंकिङ र मेडिकल क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्नु भएको छ ।

    लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको नेतृत्व लिए पछि यस क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउन र सरकार र निजी क्षेत्रको सेतुको काममा उल्लेख्य प्रगति हुने अपेक्षा यस क्षेत्रका व्यवसायीले गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology