Logo बिहिवार, आश्विन १ गते २०८३
images

१० रुपैयाँ दिइ फकाउँदै घरमा लगेर बलात्कार गरेको आरोपमा वीरगञ्जबाट सर्राफ पक्राउ

१० रुपैयाँ दिइ फकाउँदै घरमा लगेर बलात्कार गरेको आरोपमा वीरगञ्जबाट सर्राफ पक्राउ

  • 3.4K
    SHARES

  • १० रुपैयाँ दिइ फकाउँदै घरमा लगेर बलात्कार गरेको आरोपमा वीरगञ्जबाट सर्राफ पक्राउ

    बुटवल,बैसाख ८- 


    ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरगञ्जबाट प्रहरीले ३६ वर्षीय प्रमोद सर्राफलाई पक्राउ गरेको छ ।

    सोमबार वीरगञ्ज महानगरपालिका–२४ मा बाबु आमा नभएको मौका परेर सर्राफले ७ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । छिमेकीकी छोरीलाई उनले १० रुपैयाँ दिएर फकाउँदै आफ्नो घरमा लगेर बलात्कार गरेका थिए । 

    बालिकाकी बावु–आमाले दिएको सूचनाको आधारमा प्रहरीले मंगलबार साँझ प्रमोदलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology