बुटवल ,बैसाख ७-
भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर आइतबार स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना भाइरस कोभिड १९ संक्रमण भएको छ ।
भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा स्नान गरेर स्वदेश फर्किएको केही दिनमै पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना संक्रमण देखिएको हो ।
हरिद्वारबाट फर्किएकै दिन शाह दम्पतीले कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । हरिद्वारको कुम्भ मेलामा शाहलाई हिन्दू सम्राटको उपाधिसहित अभिषेक गराइएको थियो ।
मेलामा लाखौं भक्तजनुले स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाइ गंगामा स्नान गरेका थिए । भारतमा अहिले दैनिक २ लाख बढी कोरोना संक्रमितहरु थपिरहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)