बुटवल ,बैसाख ७-
बाँकेमा वैशाख ९ गतेदेखि लकडाउन हुने भएको छ।
मंगलबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमी बाँकेको बैठकले संक्रमण रोक्न बिहीबारदेखि लकडाउन गर्ने निर्णय गरेको हो।
संक्रमितले अस्पताल भरिन थालेको र संक्रमितको संख्या पनि तीव्र भएपछि लकडाउन गर्ने निर्णय गरेको डीसीसीएमीले जनाएको छ।
संक्रमितको संख्या बढेसँगै भेरी अस्पतालमा चैत २० देखि वैशाख ६ गतेसम्म १७ जनाको मृत्यु भएको छ। सोमबार मात्र बाँकेमा ३२२ जना संक्रमित थपिएका थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)