Logo बिहिवार, आश्विन १ गते २०८३
images

बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

  • 2.5K
    SHARES

  • बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

    बुटवल,बैसाख ७- 

    बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा कोहलपुरकै दुईजनाको मृत्यु भएको हो ।

    कोहलपुर नगरपालिका-२ बर्दवाका ३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे र  ७७ वर्षीय पुरुषको राति ९ बजे  मृत्यु भएको हो । महिला र पुरुष दुवैलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

    मृतक पुरुषमा दम र क्षयरोगसमेत थियो । यससँगै बाँकेमा कोरोनाले मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology