Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा असोज ४ गतेसम्म निषेधाज्ञा लम्बियाे,आजदेखि निजी गाडीमा जोरबिजोर प्रणाली लागू

रुपन्देहीमा असोज ४ गतेसम्म निषेधाज्ञा लम्बियाे,आजदेखि निजी गाडीमा जोरबिजोर प्रणाली लागू

  • 3.5K
    SHARES

  • रुपन्देहीमा असोज ४ गतेसम्म निषेधाज्ञा लम्बियाे,आजदेखि निजी गाडीमा जोरबिजोर प्रणाली लागू

    बुटवल भदाै २९-

    रुपन्देहीमा असोज ४ गतेसम्म निषेधाज्ञा लम्बिएकाे छ । आज (सोमबार)देखि निजी गाडीमा जोरबिजोर प्रणाली लागू गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार जारी गरेको आदेश अनुसार सोमबार बिहान ६ बजेदेखि जोर नम्बर हुने जोर बार र बिजोर नम्बर हुने निजी गाडी बिजोर बार चलाउन अनुमति दिएको हो। 

    होटलहरुमा टेक अवे सेवा खुलाइएकाे छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिश र जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयका आधारमा आइतबार राती १२ बजेदेखि असोज ४ गतेसम्म निषेधाज्ञा कायमै रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको आदेशमा जनाइएको छ।

    यातायात व्यवसायीले गाडी चलाउन पाउनुपर्ने माग गरेपनि रुपन्देही प्रशासनले यात्रुवाहक सार्वजनिक यातायातका साधन सञ्चालन गर्न रोक लगाएको छ।होटलहरुमा टेक अवेबाहेकका सेवा बन्द रहने जनाइएको छ। सभा गोष्ठी, तालिम, सेमिनार, पार्टीप्यालेस, सैलुन, समूहमा खेलिने खेलहरु पनि बन्द रहनेछन्।

    अति आवश्यक उपभोग्य वस्तु र सेवा, औषधिजन्य वस्तु र सेवा बाहेकका अन्य व्यापार व्यवसायलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सञ्चालन गर्न भनिएको छ।

    यस्तै शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टरहरु, मठमन्दिर, मस्जिद, चर्चलगायतका धार्मिक स्थलहरुमा दैनिक नित्य पूजाबाहेकका काम गर्न रोक लगाइएको छ। 


    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology