बुटवल,चैत २२-
पत्रकार महासंघको यहि चैत २५ गते हुन गइरहेको निर्वाचनका लागी रुपन्देहीमा लोकतान्त्रिक प्रगतिशिल संयुक्त गठबन्धनले उम्मेदवारी घोषणा गरेको छ ।
अध्यक्षमा रामराज पोखरेलको नेतृत्वमा उम्मेद्धारी घोषणा गरिएको हो । यस्र्त लोकतान्त्रिक प्रगतिशिल प्यानलको उपाध्यक्षमा विश्वास ढकाल , महिला उपाध्यक्षमा सञ्जु पौडेल , सचिबमा बिनोद परियार ,सह सचिबमा विरेन्द्र कुँवर, समावेशी सह सचिबमा माया केसी कोषाध्यक्षमा सञ्जय सौगातको उम्मेद्धार रहेका छन ।
यस्तै खुल्ला सदस्यहरुमा कविराज अधिकारी कपिल , थानेश्वर घिमिरे नविन , प्रदिप आर्चाय , मोती न्यौपाने मोहन , प्रकाश पाण्डेय , शंकर प्रसाद पाण्डेय , पुनहरि बेलबासे , ओम बहादुर कुँवर , महिला सदस्यमा हरिकला अधिकारी कमला , दलित सदस्यमा टंक सुनार , आदिवासी जनजाती सदस्यमा हिकमत चौधरी , मेधेशी सदस्यमा राधेश्याम विश्वकर्मा , अल्पसंख्य सदस्यमा सलमान खाँनको उम्मेद्धावारी घोषणा गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्वअध्यक्ष बालकृष्ण चापागाई , बिनोद पहाडी , यानेन्द्र जिसी , हरि लम्साल लगायतले बोल्दै संयुक्त प्यानले जित सुचिश्चित भएको दाबी गरेका थिए ।
नेपाल प्रेस युनियन रुपन्देही सभापति रेखा भुषालको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रेस चौतारीका संयोजक बिनोद परियारको स्वागत तथा प्रेस संगठका संयोजक कमल रायमाझीको सञ्चालनमा सम्पन्न भएको थियो ।
केन्द्रिय सदस्यमा भवानी प्रसाद पाण्डेको उम्मेदवारी :

पत्रकार महासंघको आगामी चैत २५ गते हुन गइरहेको निर्वाचनका लागी विपुल पोख्रेल नेतृत्वको संयुक्त गठबन्धन प्यानलका लुम्बिनी प्रदेशका तर्र्फबाट केन्द्रिय सदस्यमा भवानी प्रसाद पाण्डेले उमेदवारी दिएका छन् ।
पाण्डेले अहिले पनि कतिपय संचारमाध्यमहरुमा पत्रकारले न्युनतम पारिश्रमिक नपाइरहेको गुनासो आइरहेको बताउदै आफ्नो उमेदवारी त्यसको लडाईको लागी रहेको बताउनुभयो । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले समग्र पत्रकारिता जगतको विकास र समृद्धिको लागी आफ्नो उमेदवारी रहेको बताउनु भयो ।
पाण्डेले सम्पूर्ण पत्रकारहरुलाई सक्षम व्यक्तित्व र असल नेतृत्व चुन्न आग्रह गर्दै विपुल पोख्रेल नेतृत्वको संयुक्त गठबन्धन प्यानल त्यसका लागी संक्षम रहेको ठोकुवा गर्नुभयो ।त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका महासंघ प्रदेश अध्यक्षका प्रयात्शी बसन्त गिरीले महासंघको प्रदेश स्तरीय व्यवस्थालाई सबलीकरण र प्रदेश स्तरीय विज्ञापन वोर्ड गठनका लागी पहल गर्ने प्रतिबद्धता जनाउदै समग्र श्रमजिवी पत्रकारको हकहितका निम्ति आफ्नो उमेदवारी रहेको बताउनुभयो ।
त्यसैगरी लुम्बिनी प्रदेशका महासचिवका प्रत्यासी विक्रम खड्काले स्वतन्त्र पत्रकारिताका लागी हरेक पत्रकारले निर्धक्क भएर पत्रकारिताको धर्म र मर्म अनुसार पत्रकारिता गर्न पाउने वातावरण सिर्जनाको लागी आफ्नो उमेदवारी रहेको जानकारी दिनुभयो ।त्यसैगरी प्रदेशका सचिवका प्रत्यासी उमेदवार जयसिंह केसीले आफुले श्रमजिवी पत्रकारको हकहितका पक्षमा र पारिश्रमिकका पक्षमा जोडदार आवाज उठाउने प्रतिबद्धताका लागी आफ्नो उमेदवारी रहेको बताउनुभयो ।
त्यसै गरी लुम्बिनी प्रदेशका अर्का प्रत्यासी सदस्य भुवन कार्कीले पत्रकारिता क्षेत्रमा देखिएको विकृति र विसंगति विरुद्ध आवाज बुलन्द गर्न मुख्य भुमिका खेल्न आफ्नो उमेदवारी रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका आदीवासी जनजातिका सदस्य प्रत्यासी टेक बहादुर मास्कीले आफ्नो उमेदवारी पत्रकार महासंघलाई समावेशिता र श्रमजिवीको हकहित सुनिश्चितका लागी रहेको बताउनुभयो ।त्यस्तै महिला तर्फका सदस्य प्रत्यासी मिना ढकालले श्रमजिवी महिला पत्रकारहरुको हकहितका लागी खरो रुपमा उत्रनका लागी आफ्नो उमेदवारी रहेको जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)