बुटवल,चैत २१।
नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस चौतारी नेपाल रुपन्देहीको नेतृत्वमा जिल्लामा चारवटा संगठनबीच गठबन्धन गर्ने सहमति भएको छ ।
शुक्रबार चारवटा संगठनबीच भएको बैठकबाट संयुक्त रुपमा उम्मेदवार तय गरी चुनावमा जाने सैद्धान्तिक सहमति भएको हो । महासंघको चैत २५ गते हुने निर्वाचनमा प्रगतिशील, समावेशी र राष्टियताप्रति प्रतिवद्ध व्यावसायिक पत्रकारहरुको रुपन्देही जिल्ला प्यानल निर्माण गरी अघि बढ्ने सहमति भएको चारवटा संगठनद्वारा हस्ताक्षरित सहमतिपत्रमा उल्लेख छ ।
सहमतिपत्रमा प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष अमृत गिरी, प्रेस मञ्च नेपालका केन्द्रीय सचिव टिआर शर्मा, जनपत्रकार संगठनका सदस्य खोमा तरामु र संघीय पत्रकार परिषदका लुम्बिनी प्रदेश संयोजक सनु थापाले हस्ताक्षर गरेका छन् ।
चारवटा संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता समेत ती संगठनहरुले जनाएका छन् ।
यी हुन् उम्मेदवार :
अध्यक्ष -दिनेश पाण्डे
उपाध्यक्ष -हेमबहादुर पछाइँ (दिपेश)
महिला उपाध्यक्ष-अमृता अनमोल
सचिव- लक्ष्मण पोखरेल
सह सचीव -गोबिन्द घर्ति
कार्यसमिति सदस्य
एनबी कंडेल
सदस्य खुला प्रकाश आचार्य
विकास पराजुली
अस्मिना पाण्डे पौडेल
तुलसीराम पौडेल
मनिराम पन्थ
प्रकाश गौतम
रेनुका गिरी सदस्य महिला
दिनेश श्रेष्ठ सदस्य आदिवासी जनजाति
रवीन्द्रप्रताप गुप्ता सदस्य मधेशी
राजकुमार धवल सदस्य दलित
कृष्ण खनाल सदस्य अल्पसंख्यक
याे पनि :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)