Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मीमा मानव अधिकार तथा शान्ति समाजको शाखा गठन

गुल्मीमा मानव अधिकार तथा शान्ति समाजको शाखा गठन

  • 5.3K
    SHARES

  • गुल्मीमा मानव अधिकार तथा शान्ति समाजको शाखा गठन

    गुल्मी,चैत्र १७-

    गुल्मीमा मानव अधिकार तथा शान्ति समाज गठनको जिल्ला शाखा गरिएको छ ।  समाजका कन्द्रीय उपसभापति कृष्णबहादुर रावलको उपस्थितिमा जिल्लाको सदरमुकाम तम्घासमा भएको भेलाले जिल्ला कार्य समितिको गठन गरेको हो ।

    भेलाले ढुण्डीराज पोखरेलको सभापतित्वमा १५ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेको छ । जसको उपसभापतिमा डोरविक्रम श्रीस, सचीव गणेशबहादुर अधिकारी, सहसचिव बालसिंह खत्री र कोषाध्यक्षमा शान्ति नेपाली रहेका छन् ।

    सदस्यहरुमा गुणानिधि शर्मा, विनोद पाण्डे, लक्ष्मी अर्याल, थम्मन बहादुर केसी, रमेश विश्वकर्मा, दिलिप कुमार थापा, विजय शर्मा, निर्मला अर्याल, शारदा भलामी र विपना थापा रहेका छन्।

    समाजले मंगलबार केन्द्रीय उपसभापति रावलको उपस्थितिमा सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई मानव अधिकार तथा लागु औषध दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम गरेको थियो ।

    त्यस्तै समितिले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईसंग भेटघाट गरेको छ । प्रमुख जिल्ला अधिकारी शर्माले हरेक क्रियाकलापमा सहजीकरण गर्ने बताइन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology