Logo बिहिवार, आश्विन १ गते २०८३
images

होली कार्यक्रम आयोजना गरेमा पक्राउ गर्न निर्देशन,मास्क नलगाइ हिँड्नेलाई पनि कारवाही

होली कार्यक्रम आयोजना गरेमा पक्राउ गर्न निर्देशन,मास्क नलगाइ हिँड्नेलाई पनि कारवाही

  • 5.7K
    SHARES

  • होली कार्यक्रम आयोजना गरेमा पक्राउ गर्न निर्देशन,मास्क नलगाइ हिँड्नेलाई पनि कारवाही

    बुटवल,चैत्र १४-

    होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई प्रशासनले पक्राउ गर्ने भएको छ । सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

    यसअघि नै गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ ।

    स्वतस्फूर्त मानिस निस्केर भीड भएमा उनीहरुलाई सम्झाइ बुझाइ गर्न गृहको निर्देशन छ । तर, कार्यक्रम आयोजना गर्नेलाई चाहिँ संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने भएको छ ।

    संक्रामक रोग ऐन–०२० अनुसार आदेश अवहेलना गरेमा १ महिना कैद र १०० रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । सो ऐनले सरकारको काममा बाधा पुर्‍याउनेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, चैत्र १४ २०७७०९:३३:२४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology