बुटवल चैत्र ९-
धुर्मस-सुन्तली फाउण्डेशनले क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची–महाकाली अभियान शुरु गर्ने भएको छ । चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन फाउण्डेशनले अभियान शुरु गर्न लागेको हो ।
चैत १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शुभारम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले नागरिक अनलाइनलाइ जानकारी दिए ।
यो अभियान महाकाली नदीको किनारबाट सुरु हुने छ । अभियानमा सहभागी हुने टोलीलाई आज बुटवलमा स्वागत गरिएको हाे । बुटवलमा गाेर्खाली युवा शशक्तिकरण संस्थाले उनीहरुलाइ स्वागत तथा सम्मान गरेको छ ।
साे अबसरमा गाेर्खाली युवा शशक्तिकरण संस्थाका अध्यक्ष भरत पुरीले रुपन्देहीबाट आर्थिक सहयोग जुटाउन आफुहरु तयार रहेको बताए ।
महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर रंगशालाको मैदानमा राख्ने योजना बनाइएको छ । रंगशाला निर्माण सबै जसो जिल्लाको सहभागिता, अपनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागिएको अभियानमा सहभागि कलाकार अर्जुन घिमिरे पाडेँले बताए ।
रंगशालामा ७७ वटै जिल्लाका कोठा रहने अर्जुन भुसालले नागरिक अनलाइनलाइ बताए । साे कार्यक्रमको संचालन सचिब केशब खनालले गरेका थिए ।
पश्चिम सकेपछि याे यात्रा पूर्वी जिल्लातिर जाने फाउण्डेशनका अध्यक्ष धुर्मुसले बताए ।उनले सबैलाइ सक्दाे सहयाेग गर्न आग्रह गरे । महाकालीबाट सुरु गर्न लागिएको अभियान कन्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म पुगेपछि पुन पर्वी जिल्लातिर जानेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)