Logo बिहिवार, आश्विन १ गते २०८३
images

भारतमा कोरोना संक्रमण दर बढेसँगै नेपालमा पनि जोखिम बढ्ने खतरा,सीमा नाकामा कडाइ

भारतमा कोरोना संक्रमण दर बढेसँगै नेपालमा पनि जोखिम बढ्ने खतरा,सीमा नाकामा कडाइ

  • 5.5K
    SHARES

  • भारतमा कोरोना संक्रमण दर बढेसँगै नेपालमा पनि जोखिम बढ्ने खतरा,सीमा नाकामा कडाइ

    बुटवल चैत्र ९-

    भारतमा कोरोनाभाइरस संक्रमण दर बढेसँगै नेपालमा पनि जोखिम बढेको छ ।

    भारतमा संक्रमण बढेसँगै सीमा नाकामा कडाइ गरिएको छ । भारतमा पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र,मध्यप्रदेश,गुजरातमा बुधबारदेखि नाइट कर्फ्यु जारी गरेको छ ।

    महाराष्ट्र,तमिलनाडु,पञ्जाब,मध्यप्रदेश,दिल्ली,कर्नाटक,हरियाणा,गुजरात लगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या एक्कासी बढेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    सरकारले कोरोना संक्रमण दर बढ्न थालेपछि सभा,जुलस,भेला, र्याली,बैठक तथा जमघट नगर्न निर्देशन दिएको छ । केही दिनयता भारतका विभिन्न स्थानमा संक्रमण बढेपछि नेपाल–भारत सीमामा रहेको १४ वटा हेल्थ डेस्कलाई थप सक्रिय बनाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीका प्रमुख डा. कृष्ण पौडेल बताउँछन् । सीमा नाकामा रहेको १४ वटा हेल्थ डेस्कलाई थप सक्रिय बनाएर भारतबाट आउनेहरूको दैनिक रिपोर्टिङ भइरहेको उनको भनाइ छ ।

    ‘भारतबाट आउने स्थलमार्ग हुँदै आउने सबैको स्क्रिनिङ गर्छौं,’ उनी भन्छन्,‘संक्रमणको आशंका लागेकालाई क्वारेन्टिनमा अनिवार्य राख्छौं ।’

    भारतबाट आएकाहरूको दैनिक रिपोर्टिङ गरी लक्षण देखिएकालाई क्वारेन्टिनमा राख्नुका साथै एन्टिजेन परीक्षण र उपचार गर्ने योजना रहेको डा। पौडेलले बताए । विश्वमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट देखा परिरहेका छन् । पछिल्लो समय भारतमा फैलिएको संक्रमण कुन हो भन्ने पुष्टि नभएकाले सतर्क हुन अति आवश्यक रहेको प्रमुख डा. पौडेल बताउँछन् ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थालमार्ग हुँदै नेपाल प्रवेश गर्नेहरूलाई अनिवार्य रुपमा क्वारेन्टिनमा १० दिनसम्म राख्न स्थानीय तहलाई निर्देशन दिइसकेको छ । अन्य राष्ट्रबाट हवाई मार्ग हुँदै आउनेहरू अनिवार्य  रुपमा ७२ घण्टा अघि पिसिआर रिपोर्ट लिएर आउने भएकाले स्थलमार्गमा जस्तो धेरै समस्या नहुने प्रमुख डा. पौडेलको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology