Logo बिहिवार, आश्विन १ गते २०८३
images

१ करोड १९ लाखमा स्याङ्गजा बिर्घाको कट्टीमा अत्याधुनिक पुस्तकालय बनाइने

१ करोड १९ लाखमा स्याङ्गजा बिर्घाको कट्टीमा अत्याधुनिक पुस्तकालय बनाइने

  • 3.4K
    SHARES

  • १ करोड १९ लाखमा स्याङ्गजा  बिर्घाको कट्टीमा अत्याधुनिक पुस्तकालय बनाइने

    बुटवल,चैत्र ८- 

    स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घा कट्टीमा जिल्लाकै नमुना पुस्तकालय बन्ने भएको छ ।

    शुक्रबार एक कार्यक्रमकाबीच मातृभूमि सामुदायिक पुस्तकालयले रिड नेपाल र बाबुरत्न कन्स्ट्रक्सनसँग भवन निर्माण सम्झौता पत्रमा हस्ताक्षर भएको हो । पुस्तकालयका तर्फबाट अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, रिड नेपालका सदस्य सुशील मैनाली तथा बाबुरत्न कन्स्ट्रक्सनका रोशन श्रेष्ठले निर्माण सम्झौता पत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

    विसं २०७२ सालको भूकम्पका कारण जीर्ण अवस्थामा रहेको पुस्तकालय भवन हटाएर सोही स्थानमा शान्ति भोलन्टियर एसोसियसन नेपालको मुख्य आर्थिक सहयोग तथा रिड नेपालको समन्वय र प्राविधिक सहयोगमा अत्याधुनिक पुस्तकालय भवन बन्न लागेको हो ।

    अध्यक्ष पाण्डेले सामुदायिक कार्य एकल प्रयासले मात्र नहुने भन्दै सिंगो समुदायको सहयोग र साथ रहेन विश्वास व्‍यक्त गरे ।कार्यक्रममा रिड नेपालका मैनालीले भवन समयमै निर्माण हुने र दीर्घकालीनरुपमा पुस्तकालय सञ्चानल हुनेमाआफूहरु ढुक्क रहेको बताए ।

    करिव ८ महिनामा सम्पन्नहुने लक्ष्य लिइएको पुस्तकालय भवनमा पुस्तकालय कक्ष, बाल कक्ष, महिला कक्ष, सूचना संचार तथा प्रविधि कक्ष, श्रव्यदृश्य कक्ष, विपद् जोखिम न्यूनीकरण कक्ष, प्रौढ कक्ष र सामूदायिक सभा हल हुनेछन् ।

    कुल १ करोड १९ लाख १ हजार ९१ रुपैयाँ ५७ पैसामा बन्न लागेको यो पुस्तकालयमा रिड नेपालको तर्फबाट १ करोड १५ लाख योगदान र बाँकी रकम ४ लाख १ हजार ९१ रुपैया ५७ रकम समुदायले व्यवस्थापन गर्ने पुस्तकालयका अध्यक्ष पाण्डेले नागरिक अनलाइनलाइ बताए ।

    उनले भने-‘जन्मभूमिको सम्वर्धन र विकास’ विगतमा मैले गर्न चाहेका या गरेका अन्य कार्यभन्दा यो अलि पृथक् र ज्यादा पवित्र ठान्दछु ।’

    library.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology