Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा बधाइ तथा सम्मान

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा बधाइ तथा सम्मान

  • 5.6K
    SHARES

  • मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा बधाइ तथा सम्मान

    बुटवल,चैत ३-

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले विभिन्न संघसंस्थामा निर्वाचित ब्याक्तिहरुलाइ बुटवलमा बधाइ सहित सम्मान गरेको छ ।

    समाजको केन्द्रीय सभापतिमा निर्वाचित गोविन्द खनाल, केन्द्रीय सचिव मिना ढकाल, केन्द्रीय सदस्य विष्णु भुसाललाई एक समारोहका विच सम्मान गरेको हो ।

    यसैगरि राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडी, केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोपाल बराईली, अर्का उपाध्यक्ष विनोद परियार, महासचिव लक्ष्मण दर्नाल, सचिव रीता बुढाथोकी, केन्द्रीय सदस्यहरु सञ्जय सौगात र राधेश्याम विश्वकर्मालाई सम्मान गरेको हो ।

    यसैगरि समाजले बौद्ध दर्शन र संचारमा विद्यावारिधी गरेका बरिष्ठ पत्रकार अधिबक्ता बालकृष्ण चापागाईलाई पनि सम्मान गरेको हो । लुम्बिनी प्रदेशका सांसद रमा आर्याल, अर्का सांसद दीपा विश्वकर्मा र समाजका रुपन्देही अध्यक्ष डिपि खनालले टीका र माला लगाएर सम्मान गरेका हुन ।

    उक्त अवसरमा कांग्रेस नेतृ तथा लुम्बिनी प्रदेशसभा सदस्य रमा अर्यालले समाजमा विभिन्न धार्मिक मूल्य र मान्यतालाई आधार बनाएर विभेद गर्ने गरिएको बताउदै धर्मले भने कुनै पनि आधारमा विभेद नगरेको बताईन ।उनले बिभेदलाइ जरै देखि उखेल्नुपर्ने बताइन् । माओबादी केन्द्रकी नेतृ तथा प्रदेश सांसद दीपा विश्वकर्माले तत्कालिन ससशस्त्र द्धन्द्धकालमा भन्दा अहिले झन विभेदका घटना सार्वजनिक भएको बताईन ।

    उनले समाज रुपान्तरण हुन नसकेको भन्दै राज्यले पनि बिभेद गरिरहेको बताइन् । शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालले जातीय भेदभावका विरुद्ध शान्ति समाजले काम गर्दै अघि बढेको बताए ।

    उनले समाज रुपान्तरण गर्ने आफुहरुको अभियान रहेको भन्दै बिभेदको अन्त्य जरुरी रहेको धारणा राखे । राष्ट्रिय दलित पत्रकार संघ, नेपालका अध्यक्ष विनोद पहाडीले शान्ति समाजले जातीय भेदभाव अन्त्य गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको बताए ।

    कार्यक्रममा बरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाई, समाजका केन्द्रिय सचिब मिना ढकाल,कँंग्रेस नेता तथा विश्वहिन्दु महासंघका केन्द्रीय सदस्य हरिबहादुर आचार्य क्षेत्री, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतम,नेपाल प्रेस यूनियन रुपन्देहीका सभापती रेखा भुसाल, राष्ट्रिय दलित पत्रकार संघ नेपालका महासचिव लक्ष्मण दर्नाल, सचिव रीता बुढाथोकी, रिर्पोटस क्लब लुम्बिनीका प्रमुख रामकुमार क्षेत्री लगायतले बोलेका थिए ।

    कार्यक्रम शान्ति समाज रुपन्देहीका सभापति डीपी खनालको अध्यक्षता, उपसभापति कृष्ण भट्टराईको स्वागत तथा सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो । सोहि अवसरमा विश्वहिन्दु महासंघका केन्द्रीय सदस्य हरिबहादुर आचार्य क्षेत्रीले राष्ट्रिय दलित पत्रकार संघको प्रदेश कार्यालय स्थापनाका लागि आफ्नो घरमा एक बर्षका लागि निशुल्क दिने प्रतिबद्धता समेत जनाएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology