Logo बिहिवार, आश्विन १ गते २०८३
images

पर्यटन पत्रकार महासंघ लुम्बिनीद्वारा पाल्पाको सुकेतालमा अन्तरक्रिया

पर्यटन पत्रकार महासंघ लुम्बिनीद्वारा पाल्पाको सुकेतालमा अन्तरक्रिया

  • 6.6K
    SHARES

  • पर्यटन पत्रकार महासंघ लुम्बिनीद्वारा पाल्पाको सुकेतालमा अन्तरक्रिया

    बुटवल,चैत्र २- 

    नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले पाल्पाको तिनाउ गाउँपालिका–२ सुकेतालक्षेत्रको अवलोकन साथै अन्तरक्रिया कार्यक्रम गरेको छ । साे क्षेत्रमा पर्यटन सम्भावना र भैरहका गतिबिधिबारे छलफल गरेको हो।

    सो अवसरमा बोल्दै तिनाउ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष राजेश श्रेष्ठले तिनाउमा धेरै संभावनाहरुको खाेजी भैरहेको भन्दै सुकेताल जन्तिलुङ सत्यवती भकार्लुङ गन्तब्यका रुपमा बिकास गरिएको बताए ।

    साे अवसरमा बाेल्ने सरोकारवालाले धार्मिक र ऐतिहासिक महत्व रहेको सुकेताल  क्षेत्रमा संचालित खानीले तालक्षेत्र प्रभावित  र साँघुराे भएको हुँदा त्यसको बिस्तारस‌गै संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा राखे । 

    कार्यक्रममा होटल तथा रेस्टुरेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपाल,होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम,पत्रकार महासंघ लुम्बिनीका प्रदेश सदस्य बिक्रम खड्का लगायतले बाेल्दै थप संभावनाको खाेजी गर्नुपर्ने बताए ।

    कार्यक्रम महासंघका अध्यक्ष भुवन कार्कीको अध्यक्षता,सचिब यमकला भुसालको स्वागत साथै  महासचिव कपिल ज्ञवालीको संचालनमा भएको थियो । कार्यक्रममा रुपन्देही पाल्पा, नवलपरासी, कपिलवस्तु, दाङ लगायतका दुई दर्जन पर्यटन पत्रकारको सहभागिता रहेको थियोे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology