Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलाेत्तमाको सिद्धेश्वर महादेव मन्दिरमा पूजाअर्चना साथै अखण्ड भजनकृतन शुरु

तिलाेत्तमाको सिद्धेश्वर महादेव मन्दिरमा पूजाअर्चना साथै अखण्ड भजनकृतन शुरु

  • 3.4K
    SHARES

  • तिलाेत्तमाको सिद्धेश्वर महादेव मन्दिरमा पूजाअर्चना साथै अखण्ड भजनकृतन शुरु

    बुटवल,फागुन २८ -

    महाशिवरात्रि पर्वको अवसरमा रुपन्देहीको तिलाेत्तमा २ मा रहेको सिद्धेश्वर महादेब मन्दिरमा बिशेष पूजाअर्चना साथै अखण्ड भजनकृतन शुरु भएको छ । 

    आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी गरिएको सिद्धेश्वर महादेब मन्दिरका अध्यक्ष खिलबहालुर पाैडेलले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    आजको दिनमा वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।बिस २०५४ सालमा लक्ष्मण पाैडेलले  स्थापना गर्नुभएको सिद्धेश्वर महादेब मन्दिर २ कठ्ठा क्षेत्रफलमा फैलिएको छ  भने मन्दिरमा २ जना पण्डितबाट  दैनिक पुजाआजा हुनेगरेको छ । साथै हरेक एकादशी र साेमबार भजनकृतन हुनेगरेको सचिब प्रेम भुसालले बताए ।

    सिद्धेश्वर महादेब मन्दिर पुनर्निर्माण गरि ब्यबस्थित गरिएको मन्दिर पुनर्निर्माण समिति अध्यक्ष लाेकनाथ ज्ञवालीले बताए ।  व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

    आज महाशिवरात्रि पर्व,सिद्धबाबामा विहानैदेखि श्रद्धालुको घुइँचो (फाेटाेफिचर)

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology