Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल उद्योग वाणिज्य संघमा पद हस्तान्तरण

बुटवल उद्योग वाणिज्य संघमा पद हस्तान्तरण

  • 5.3K
    SHARES

  • बुटवल उद्योग वाणिज्य संघमा पद हस्तान्तरण

    बुटवल,फागुन २७ -

    बुटवल उद्योग बाणिज्य संघको नव निर्वाचित टीमलाइ पद हस्तान्तरण गरिएको छ । संघको अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई आज एक कार्यक्रमका बीच पद हस्तान्तरण गरिएको हो ।

    नव निर्वाचित अध्यक्ष उज्वल कसजुलाई निवर्तमान बनेका अध्यक्ष खिमबहादुर हमालले पद हस्तान्तरण गरेका थिए ।पद हस्तान्तरण कार्यक्रममा शुभकामना दिने वक्ताहरूले संघको आगामी कार्यकाल व्यवसायी मुखी र विकास मुखी बन्न सकोस् भनेर शुभकामना दिएका थिए ।

    नव निर्वाचित कार्यसमितिलाई बधाई दिंदै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले व्यवसायीक प्रवर्द्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

    नवनिर्वाचित अध्यक्ष कसजुले आफू र आफ्नो कार्यसमिति ब्यवसायीको हकहित संरक्षणमा कटिबद्ध रहेको बताए ।

    कार्यसमितिलाई पूर्व अध्यक्षहरूको तर्फबाट जीवन ओझा, जनप्रतिनिधिको तर्फबाट टंक पराजुली, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर अधिकारी लगायतले सफल कार्यकालको शुभकामना दिएका थिए । पदस्थापनपछि कार्यक्रमको संचालन महासचिव बिमलराज भट्टराइले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology