Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूरू मिलन केन्द्रको साधारणसभा तथा बनभोज

रूरू मिलन केन्द्रको साधारणसभा तथा बनभोज

  • 3.6K
    SHARES

  • रूरू मिलन केन्द्रको साधारणसभा तथा बनभोज

    बुटवल,फागुन २४- 

    रूरू मिलन केन्द्र नेपाल बुटवल रुपन्देहीको साधारणसभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

    मिलन केन्द्र नेपालका अध्यक्ष जमुना सुवेदी पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी तिलकराम आचार्यले केन्द्रले सकारात्मक काम गरिरहेको बताउनुभयो ।

    उहाले समाजले रुरु र रुपन्देहीलाइ जोड्ने काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा अध्यक्ष सुबेदीको बार्षिक प्रतिबेदन,सचिब अनुपमा श्रेष्ठको प्रतिबेदन र कोषाध्यक्ष कुसुम पौडेलको आर्थिक प्रतिबेदन पारित गरिएको छ ।

    कार्यक्रममा सिद्धबाबा धामका अध्यक्ष दलबहादुर गुरुङ,यातायात ब्यबसायी भिष्म केसी,बुनपाका बरिष्ठ अधिकृत दामाेदर ज्ञवाली,लक्ष्मी अमात्य,सन्जिला कसजू,संस्थाका बरिष्ठ सल्लाहकार ऋषिराम भण्डारी,संस्थापक अध्यक्ष राधा ज्ञवाली,प्रेस सल्लाहकार कपिल ज्ञवाली लगायतले बोलेका थिए ।

    साथै फुलबारीमा भएको कार्यक्रममा बनभोज समेत गरिएको थियो । केन्द्रले कोरोनाका बेला क्वारेन्टाईनमा रहेकालाई आयुर्वेदिक औषधी वितरण, बाढी तथा पहिरो पिडित मानिसलाई खाद्यान्न तथा आर्थिक सहयोग,रक्तदान,मास्क बितरण,क्यालेन्डर बिमोचन लगायततका काम गरेको सचिब अनुपमा श्रेष्ठले बताउनुभयो ।

    कार्यक्रम कल्पना जाेशीको संयाेजनमा भएको थियो ।

    RURU.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology