Logo बिहिवार, आश्विन १ गते २०८३
images

कानुन परिपक्व वनाउन प्रदेश सरकार सकृय हुनुपर्छ : सभामुख पूर्णबहादुर घर्ती

कानुन परिपक्व वनाउन प्रदेश सरकार सकृय हुनुपर्छ : सभामुख पूर्णबहादुर घर्ती

  • 2.8K
    SHARES

  • कानुन परिपक्व वनाउन प्रदेश सरकार सकृय हुनुपर्छ  : सभामुख पूर्णबहादुर घर्ती

    बुटवल,फागुन १७ -

    लुम्विनी प्रदेशका सभामुख पूर्णवहादुर घर्ती मगरले प्रदेश सभाका विषयगत समितिहरु प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् । 

    लुम्विनी संसदीय पत्रकार समाजले सोमवार बुटवलमा आयोजना गरेको  ‘प्रभावकारीता र खुलापनको कसीमा लुम्विनी प्रदेश सभा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घर्ती मगरले सदन नचलेको अवस्थामा विषयगत समितिको बैठकमा सांसदहरुको उपस्थिति नहुँदा वैठकहरु प्रभावकारी हुन नसकेको बताए ।

    उनले प्रदेशले वनाएका कानुन कार्यान्वयन तहमा लैजानु जरुरी रहेकोमा पनि जोड दिए ।  कानुन वनेपनि कार्यान्वयन नभएको भन्ने गुनासो बढ्दै गएको भन्दै सभामुख घर्ती मगरले कानुन परिपक्व वनाउनेतर्फ प्रदेश सरकार पनि उत्तिकै सकृय हुनुपर्ने आवश्यकतामा जोड दिए ।  उनले प्रदेश सभाका विषयमा धेरै नकारात्मक समाचारहरु आउने गरेको भन्दै सञ्चारकर्मीहरुलाई यथार्थको कसीमा आधारित रहेर कलम चलाउन आग्रह गरे ।

    उपसभामुख कृष्णी थारूले प्रदेश सभा अझैपनि आफूहरुका लागि सिक्ने र अनुभव आदान प्रदान गर्ने थलो वनेको बताउँदै अहिलेसम्म वनेका कानुन कार्यान्वयन तहमा गए त्यो नै उपलव्धि हुने धारणा राखे ।  कार्यक्रममा कृषि वन तथा वातावरण समितिका सभापति बिजयबहादुर यादवले केन्द्र सरकारले निर्दिष्ट गरेका ऐन कानुनमात्र प्रदेशमा वन्न सकेको बताए ।  उनले विषयगत समितिमा छलफल गर्नको लागि विज्ञको आवश्यकता औल्याउँदै  समितिमा कर्मचारीको अभावले पनि काम प्रभावकारी हुन नसकेको बताए ।

     प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले कानुन निर्माण भएपनि कतिपय कार्यबोझ वन्ने गरेको र कानुन निर्माणमा जनताको सहभागिता हुनु पर्ने बताए । अर्का प्रदेश सभा सदस्य विष्णु पन्थीले विकास निर्माणका काम गर्न अझैपनि कतिपय कानुनी प्रकृया झञ्झटिलो रहेको भन्दै सहजीकरणमा ध्यान दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

     सार्वजनिक लेखा समिति सचिव कल्पना पाण्डेले लेखा समितिले आर्थिक अनियमितताको विषयमा निर्देशन दिने गरेपनि कतिपय मन्त्रालयहरुले जवाफ दिनै  कन्जुस्याइँ गर्ने गरेको बताए ।

    प्रदेश सभा सचिवालयका सचिब दुर्लभकुमार पुनले विषयगत समितिमा छलफल गरेर नै विधेयकहरु प्रदशसभामा प्रस्तुत हुदै आएको जानकारी दिए ।

     मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले नागरिक समाज स्वतन्त्र भएमात्र लोकतन्त्र मजबुद बनाउन सकिने भन्दै प्रदेश सरकार थप सिर्जनात्मक हुनुपर्ने सुझाव दिए । 

    savamukh.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, फाल्गुण १७ २०७७०८:३१:५०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology