Logo बिहिवार, आश्विन १ गते २०८३
images

कपिलवस्तुमा छोरीलाई जबरजस्ती करणीको आरोपमा बुवा पक्राउ

कपिलवस्तुमा छोरीलाई जबरजस्ती करणीको आरोपमा बुवा पक्राउ

  • 3.4K
    SHARES

  • कपिलवस्तुमा छोरीलाई जबरजस्ती करणीको आरोपमा बुवा पक्राउ

    कपिलवस्तु,फागुन १५-

    कपिलवस्तुको वडा प्रहरी कार्यालय चन्द्रौटाले छोरीलाई जबरजस्ती करणी गर्ने बुवालाई पक्राउ गरेको छ । सोमबार रातको समयमा आफनै छोरीलाई करणी गरी फरार रहेका आरोपीलाई प्रहरीले खोजतलास जारी पक्राउ गरेको छ । 

    फरार रहेका आरोपीलाई विहीबार पक्राउ गरी सार्वजनिक गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनुभयो ।

    आरोपीलाई चन्द्रौटा बजारमा लुकी छिपि हिडिरहेको अवस्थामा पक्राउ गरीएको हो । कपिलबस्तु जिल्ला अदालतवाट म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरी निरीक्षक खरेलले जानकारी दिनुभयो ।  प्रहरीले बुवा र छोरीको परिचय गोप्य राखेर अनुसान्धन गरीरहेको जनाएको छ ।

    यसै विच स्थानिय नागरिकहरुको सुबिधालाई मध्यनजर राख्दै कुनै घटनाको बारेमा प्रहरीलाई  जानकारी गराउन ९८५७०१४८१३ सम्पर्क नम्बर समेत प्रहरी कार्यालयमा थप गरिएको छ ।

    उक्त  सम्पर्क नम्बरमा  समेत सम्पर्क गरी कुनै घटनाको वारेमा तथा अन्य कुराहरुमा समेत जानकारी गराउनुहुन  सम्पुर्णलाई प्रहरीले अनुरोध गरेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology