Logo बिहिवार, आश्विन १ गते २०८३
images

आज मगर एकता दिवस : बुटवलमा झाँकी,भेषभुषा सहितको कार्यक्रम गरिदै

आज मगर एकता दिवस : बुटवलमा झाँकी,भेषभुषा सहितको कार्यक्रम गरिदै

  • 2.2K
    SHARES

  • आज मगर एकता दिवस : बुटवलमा झाँकी,भेषभुषा सहितको कार्यक्रम गरिदै

    बुटवल,फागुन १५-

    नेपाल मगर संघ बुटवल समितिले आजमगर एकता दिवस मनाउदैछ । एकता दिवसको अवसरमा बुटवलको अस्पताल लाईनमा वृहत झाँकी, भेषभुषा सहितको कार्यक्रम आयोजना गरिएको छ ।

    कार्यक्रमलाई सम्बोधनका लागि केन्द्रीय संस्थापक अध्यक्ष सुर्य कुमार आले मगर आउने छन् । यस्तै सोही कार्यक्रममा  विविसीको १०० औ  जना महिलाको सूचीमा समावेश भएकी सपना रोका मगरलाई विशेष सम्मान कार्यक्रम समेत तय गरिएको नगर अध्यक्ष थर्क बहादुर बार घरे मगरले जानकारी दिए ।

     यस्तै  मगर भाषालाई पाठ्यक्रममा समावेश गरिनुपर्ने, स्थानिय पाठ्क्रम मगर समुदायको पहिचानलाई समेत समेटिनुपर्ने,  आसान्न जनगणनामा मागर समुदायको जनसंख्यकीय विवरण पुर्णरुपमा सत्य तथ्यामा आधारित हुनुपर्ने, नेपालका प्रथम सहिद लखन थापा मागरलाई राष्ट्रिय विभुती घोषणा गरिनुपर्ने लगायतका माग नेपाल मगर संघले राखेको छ । 

    फोनिज रुपन्देहीद्वारा मातृभाषामा रचना वाचन

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology