बुटवल,फागुन ११-
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई भारतको नयाँदिल्लीको एक अस्पतालमा भर्ना भएका छन् ।
डा.भट्टराई आज बिहान ९ बजेदेखि दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थान आईएलबीएस अस्पतालमा भर्ना भएका हुन् ।
उनका प्रेस सल्लाहाकार एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार आज दिनभर अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने छ ।
डा। भट्टराई स्वास्थ्य उपचार गर्न गत आइतबार दिल्ली गएका थिए । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । यसअघि उनले काठमाडौंमै परीक्षण तथा उपचार गराउँदै आएका थिए ।
चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेपछि उपचार गर्न दिल्ली गएको भट्टराईको सचिवालयले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)