Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल बहुमुखीमा कानून कल्याण परिषद् गठन,शिव डुम्रे बने अध्यक्ष

बुटवल बहुमुखीमा कानून कल्याण परिषद् गठन,शिव डुम्रे बने अध्यक्ष

  • 5.6K
    SHARES

  • बुटवल बहुमुखीमा कानून कल्याण परिषद् गठन,शिव डुम्रे बने अध्यक्ष

    बुटवल,फागुन १०-

    बुटवल बहुमुखी क्याम्पसको कानुन संकाय अन्तर्गत कानून कल्याण परिषद् गठन भएको छ ।

    क्याम्पसको कानुन विषय अध्ययन गर्ने विद्यार्थीहरुबीच गरिएको बृहत अन्तरक्रिया एवं सहजीकरण कार्यक्रमा सो परिषद् गठन भएको हो । परिषद्ले शिव डुम्रेको अध्यक्षतामा १५ सदस्यीय समिति समेत गठन गरेको छ ।

    जसको उपाध्यक्षमा विष्णुमाया चिदी, सचिवमा रमेशदेव आचार्य, सहसचिवमा बीना कुमारी सापकोटा र कोषाध्यक्षमा प्रेम सुवेदी रहेका छन् ।
    बुटवल बहुमुखी क्याम्पसअन्तर्गत कानुन संकायले आयोजना गरेको बृहत अन्तरक्रिया कार्याक्रममा बोल्ने प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको बताएका छन् ।

    अन्तरक्रिया कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता शालिकराम बन्जाडेले संविधानले कल्पना नगरेको विषय संवैधानिक हुन नसक्ने भन्दै प्रधानमन्त्रीको कदमको चर्को आलोचना गरे ।

    बन्जाडेले संविधानप्रदत्त अधिकारभन्दा बाहिर रहेर गरिएका कुनैपनि निर्णय राजनैतिक निर्णय हुन नसक्ने भन्दै, प्रधानमन्त्रीले संविधानसँगै जनमतको समेत अपमान गरेको बताएका थिए ।

    यस्तै कार्यक्रमा बरिष्ठ अधिवक्त बेन बहादुर कुँवर क्षेत्रीले प्रतिनिधी सभा सर्वोच्चको गर्भमा भएको बताउँदै, उनले सर्वोच्चले संविधानमाथी न्याय गर्दै पुनस्थापना नै जन्माउने आशा रहेको बताएका थिए । उनले अहिलेको संविधानमा अविश्वासको प्रस्ताव राख्न नपाईने र प्रतिनिधी सभा विघटन गर्न नपाईने २ वटा प्रावधान थपेको स्मरण गर्दै प्रधानमन्त्रीले संविधान नपढेको समेत आरोप लगाए ।

    यस्तै कार्यक्रममा उच्च अदालत बार एशोसियसनका अध्यक्ष जोगबहादुर खत्रीले संवैधानिक सर्वोच्चत्ता भएको देशमा संविधानको हत्याको प्रयास भएको भन्दै अदालतप्रति भरोसा गर्नुपर्नेमा जोड दिए, खत्रीले कानुन अध्ययन बढेपनि वकालतमा स्तरीयताप्रती ध्यान दिन विद्यार्थीहरुलाई अपिल गरेका थिए । कार्यक्रममा बोल्दै बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा खिमानन्द न्यौपानेले आगामी दिनमा क्याम्पसमा कानुन संकायलाई विशेष व्यवस्थापन गर्ने बताउँदै विद्यार्थीसँग समन्वयको अपेक्षा राखेको बताएका थिए ।

    कार्यक्रममा निर्वतमान क्याम्पस प्रमुख शखिशरण सुवेदीअधिवक्ताद्धय पदम कार्की, ज्ञानु केसी, युँवराज कंडेल लगायतले संविधान निर्माण प्रक्रियादेखी हालसम्म धेरैपटक संवैधानिक  प्रक्रिया मिचिएको सम्झदैं व्यवस्थापिकाले गरेको कमजोरी अदालतले सच्चाउनेमा विश्वस्त रहेको बताएका थिए ।
    कार्यक्रममा कानुन संकाय दोस्रो बर्षका लागी प्रयोगात्मक परीक्षाको लागी मुट कोर्ट अभ्यास अदालत र विद्यार्थीहरुले अदालतमा गर्ने अभ्यासको लागी विशेष प्रशिक्षण र सहजीकरण समेत गरिएको थियो ।

    कार्यक्रममा क्याम्पस प्रमुखबाट निवृत्त भएका पूर्व क्याम्पस प्रमुख शखिशरण सुवेदी र कानुन संकाय प्रमुखबाट निवृत्त भएका सालिकराम बन्जाडेलाई मायाको चिनो र दोसल्ला सहित विदाई गरिएको थियो भने नवनियुक्त क्याम्पसप्रमुखलाई स्वागत तथा सम्मान गरिएको थियो ।

    लामो समयदेखी निष्क्रिय रहेको कानुन संकायका विद्यार्थीहरुलाई समेटेर कानून कल्याण परिषद् गठन गरिएको छ, जस्ले कानुनसँग सम्बन्धित समस्याहरुलाई क्याम्पस र विद्यार्थीबीच समन्वय गराउने, कानुन अध्ययनको लागी आउने विद्यार्थीहरुलाई सहजीकरण गर्ने, प्रयोगात्मक अभ्यास गराउने लगायतका उद्देश्य राखेको परिषद्का अध्यक्ष शिव डुम्रेले जानकारी दिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology