Logo बुधवार, श्रावण १३ गते २०८३
images

सामुदायिक विद्यालयमा संरचनागत व्यवस्थापन कार्यक्रम सञ्चालन

सामुदायिक विद्यालयमा संरचनागत व्यवस्थापन कार्यक्रम सञ्चालन

  • 2.6K
    SHARES

  • सामुदायिक विद्यालयमा संरचनागत व्यवस्थापन कार्यक्रम सञ्चालन

    जनार्दन घिमिरे/गुल्मी,फागुन ५ ।

    गुल्मी जिल्लामा माध्यमिक विद्यालयका छात्रछात्राहरुका लागि पानी तथा सरसफाईको संरचनागत व्यवस्थापन कार्यक्रम शुरु गरिएको छ ।

    जिल्लाको गुल्मी दरबार गाउँपालीका अन्र्तगत दश वटा सामुदायीक विद्यालयमा गत महिनादेखि उक्त कार्यक्रम शुरु गरिएको हो । रिनियवल वल्र्ड युकेको आर्थिक तथा प्राविधिक सहयोग र नवप्रभात युवा संघ गुल्मीको साझेदारीमा करिव दुई करोड पचास लाखको लागतमा माध्यमिक विद्यालयका छात्रछाहरुका लागि जिल्लामा पहिलो पटक उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

    माध्यमिक विद्यालयका विद्यार्थीहरुको स्वास्थ्यमा सुधार गरि उनीहरुलाई विद्यालयमा नियमित गराउँदै पठनपाठनमा सुधार गर्ने उद्देश्यले पहिलो पटक गुल्मीदरबार गाउँपालीकामा यस्तो प्रकारको कार्यक्रम सञ्चालन गर्न लागिएको रिनियवल वल्र्ड नेपालकी राष्ट्रिय निर्देशक लिसा ओडोहर्टीले बताउनु भयो । 

    उक्त संस्थाले विशेष गरि विद्यालय र समुदायमा नविकरणीय उर्जाको प्रयोगद्धारा उनीहरुको जीवन स्तर उकास्न थप मद्धत पुराउने राष्ट्रिय निर्देशक ओडोहर्टीले बताउनुभयो ।

    कार्यक्रममा समुदाय तथा विद्यालयमा शुद्ध पीउने पानी उपलब्ध गराउने, सरसफाई तथा स्वच्छता संरचना निर्माण गर्ने, छात्राहरुका लागि सेनेटरी प्याड बदल्नका लागि अलग्गै कोठाको व्यवस्था गर्ने र फोहोर वस्तुहरुलाई नष्ट गर्ने स्थान निर्माण गर्ने लगायतका कार्यक्रमहरु समावेश गरिएको संस्थाका टेक्नीकल निर्देशक बावुराम पौडेलले बताउनुभयो ।

    पानीको अभावका कारण विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरुले पटक पटक समस्या झेल्नु परेको अवस्थामा यस्ता प्रकारका कार्यक्रमहरुले विद्यार्थी र समुदायका मानिसहरुको व्यक्तिगत सरसफाईमा समेत अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएका कारण यो कार्यक्रम थप प्रभावकारी भएको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापाले बताउनुभयो । 

    पानी नभएका विद्यालयहरुका लागि सोलार लिफ्टीङ्गवाट खानेपानीको व्यवस्था सहित स्वास्थ्य र सरसफाईको क्षेत्रमा काम गर्ने गरि यो कार्यक्रम लागु गर्न थालीएको हो ।

    संस्थाले शुरु गरेको उक्त कामवाट तीस महिनाको अवधिमा दश विद्यालयमा ३५ सय ३२ विद्यार्थी र स्थानीय समुदायका ७ सय गरि ४२ सय ३२ जना व्यक्तिहरु प्रत्यक्ष रुपमा लाभान्वीत हुने नवप्रभात युवा संघका जिल्ला संयोजक धातानन्द भुसालले बताउनु भएको छ । 

    उक्त कार्यक्रमका लागि स्थानीय उपभोक्ता र गुल्मीदरबार गाउँपालीको समेत सहयोग रहने भएको छ । नेपालमा सन २०१२ देखि अन्र्तराष्ट्रिय गैह्र सरकारी संस्थाको रुपमा काम गर्दै आएको उक्त संस्थाले नविकरणीय उर्जा मार्फत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology