Logo सोमवार, कार्तिक १० गते २०८३
images

रूपन्देही २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा इन्जिनियर कुशुमराज ज्ञवालीको उम्मेदवारी

रूपन्देही २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा इन्जिनियर कुशुमराज ज्ञवालीको उम्मेदवारी

  • 3.2K
    SHARES

  • रूपन्देही २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा इन्जिनियर कुशुमराज ज्ञवालीको उम्मेदवारी

    बुटवल ,असोज १२ ।
    नेपाली कांग्रेसको १५‌ औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं. २ बाट इ. कुसुमराज ज्ञवालीले खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

    इन्जिनियरिङ क्षेत्रको व्यावसायिक अनुभवसँगै नेपाली कांग्रेसको संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका ज्ञवाली नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य हुन्। उनी नेपाल इन्जिनियर एसोसिएसन, लुम्बिनी प्रदेशका संस्थापक सभापति समेत हुन्।

    प्राविधिक ज्ञान, संगठनात्मक अनुभव र नेतृत्वदायी भूमिकालाई पार्टी संगठनसँग जोड्दै आएका ज्ञवालीले कांग्रेसलाई समय अनुकूल, सशक्त र गतिशील बनाउने एजेन्डासहित आफ्नो उम्मेदवारी अघि सारेका छन्।उनले कांग्रेसभित्र नयाँ सोच, दक्षता र पुस्तान्तरणसँगै अनुभवी नेतृत्वको सम्मान आवश्यक रहेको बताउँदै पार्टीलाई थप व्यवस्थित, सक्षम र जनमुखी बनाउन आफ्नो भूमिका रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

    गौरव, गति र गन्तव्य’लाई मूल भाव बनाएका ज्ञवालीले समुन्नत नेपाल निर्माणका लागि सबल कांग्रेस आवश्यक रहेको धारणा अघि सारेका छन्।उनको उम्मेदवारीले रुपन्देही–२ मा प्राविधिक तथा व्यावसायिक क्षेत्रबाट पार्टी नेतृत्वमा प्रतिनिधित्वको विषयलाई समेत बहसमा ल्याएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, आश्विन १२ २०८३०२:१८:२२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology