Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सहभागि विद्यार्थीले भने-बुटवलले शुरु गरेको “पढाईसँगै रोजगार कार्यक्रम” निकै उपयोगी

सहभागि विद्यार्थीले भने-बुटवलले शुरु गरेको “पढाईसँगै रोजगार कार्यक्रम” निकै उपयोगी

  • 540
    SHARES

  • सहभागि विद्यार्थीले भने-बुटवलले शुरु गरेको “पढाईसँगै रोजगार कार्यक्रम” निकै उपयोगी

    बुटवल,असार २५ ।

    बुटवल उपमहानगरपालिकाको “पढाईसँगै रोजगार कार्यक्रम” अन्तर्गत ट्राफिक व्यवस्थापन तथा राजश्व परिचालनमा सहयोग तर्फ कार्यरत विद्यार्थीहरूका लागि कार्य अनुभव (ओजेटी) प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ ।

    सोमबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे य,उपप्रमुख सावित्रादेवी अर्याल,प्रवक्ता शिव रानालगायतले सहभागी विद्यार्थीहरूलाई कार्य अनुभव प्रमाणपत्र बितरण गरेका हुन् ।

    कार्यक्रममा नगर प्रमुख पाण्डेयले शिक्षा र स्वास्थ्य क्षेत्रमा बुटवल उपमहानगरपालिकाले ठूलो धनराशि खर्च गरेको भन्दै त्यसको प्रतिफल स्वरूप शिक्षा र स्वास्थ्यमा अब्बल सावित हुँदै गएको बताए ।

    उपप्रमुख सावित्रा देवी अर्यालले जेनजी आन्दोलन,संसदीय निर्वाचन लगायतका कारण कार्यक्रम ढिला र छोटो अवधिको भएको भन्दै आगामी बर्ष कम्तीमा तीन महिने कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराइन् ।

    समापनका अवसरमा प्रशिक्षार्थी नमिता गैरे र सागर पन्थीले बुटवल उपमहानगरपालिकाको “पढाईसँगै रोजगार कार्यक्रम” आफुहरूका लागि निकै उपयोगी भएको भन्दै आगामी बर्ष यसलाई थप बिस्तार गर्न माग गरे ।

    बुटवल उपमहानगरपालिकाको “पढाईसँगै रोजगार कार्यक्रम” अन्तर्गत ट्राफिक व्यवस्थापनमा एक सय तथा राजश्व परिचालन सहयोग तर्फ एकसय गरि दुई सय विद्यार्थीहरूलाई खटाइएको उपमहानगरपालिकाका रोजगार प्रवर्द्धन शाखा प्रमुख अरविन्द पाण्डेले नागरिक अनलाइनलाई  जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology