Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश लोक तारा : रूपन्देही अडिसनबाट बसन्ता खनाल छनोट

लुम्बिनी प्रदेश लोक तारा : रूपन्देही अडिसनबाट बसन्ता खनाल छनोट

  • 3.5K
    SHARES

  • लुम्बिनी प्रदेश लोक तारा : रूपन्देही अडिसनबाट बसन्ता खनाल छनोट

    बुटवल, जेठ २३ ।

    विश्व संगीत दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रूपन्देहीको आयोजनामा बुटवलमा प्रथम लुम्बिनी लोकतारा रूपन्देही अडिसन सम्पन्न भएको छ । शनिवार भएको अडिसनमा १० जनाको सहभागिता रहेको थियो। अडिसनमा उत्कृष्ट गायन प्रस्तुत गरेर कलाकार बसन्ता खनाल उत्कृष्ट हुदै छनोट भएकी छन् ।

    छनोट भइकी खनालले अब असार ७ गते कपिलबस्तुमा हुने फाइनलमा सहभागिता जनाउन पाउनेछिन् । त्यहाँ प्रदेशका १२ वटै जिल्लाबाट छानिएका १२ जनाका बिचमा प्रतिस्पर्धा हुनेछ  ।

    प्रतिष्ठानकी अध्यक्ष रितु थापाले कलाकारिता र लोक भाकाको संरक्षण संबर्धनका लागि कार्यक्र गरिएको बताईन् ।IMG_3850.jpeg

    सोअवसरमा केन्द्रिय सचिव दिपक गरौजा मगर,महिला सहसचिव सिता राना मगर,प्रदेश अध्यक्ष दामोदर बस्याल ,कलाकारहरू नारायण बिपी परियार,उज्जवल गिरी,शिलु भट्टराइ,रेशम खनाल,जिल्ला सचिव दिपक दर्लामी,कार्यक्रम संयोजक मिसन मगर लगायतले बोलेका थिए ।

    आजको निर्णायकमा  पूर्व अध्यक्ष तथा संगितकार बिजय सापकोटा,दुर्गा पौडेल र बिधान कार्की रहेका थिए । फाइनलमा उपाधि जित्नेले नगद ५२ हजार २२२ ,द्वितिय हुनेले ३२ हजार २२२ र तृतीय हुनेले २२ हजार २२२ नगद सहित पुरस्कार पाउने आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष दामोदर बस्यालले नागरिक अनलाइनलाइ जानकारी दिए ।IMG_3815.jpegIMG_3818.jpeg

    तस्वीरहरु : कपिल  ज्ञवाली ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology