Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उत्कृष्ट भनेर पुरस्कृत प्रहरी नै ३ लाख घुस डिल गरेपछि पक्राउ

उत्कृष्ट भनेर पुरस्कृत प्रहरी नै ३ लाख घुस डिल गरेपछि पक्राउ

  • 510
    SHARES

  • उत्कृष्ट भनेर पुरस्कृत प्रहरी नै ३ लाख घुस डिल गरेपछि पक्राउ

    पोखरा,बैसाख १४ ।

    २०८१ सालको पुस महिनामा सम्पादन गरेका कामलाई मूल्याङ्कन गरेर कास्की प्रहरीले उत्कृष्ट प्रहरीका रूपमा वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीलाई सम्मान गर्‍यो ।

    कास्की प्रहरीको अपराध अनुसन्धान शाखामा खटिएका उनले विभिन्न सहकारी ठगी सम्बन्धी कसुर, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका कसुरको अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै उनी सम्मानित भएका हुन् ।

    उनले आफ्नो पदीय दायित्वलाई इमानदार, बफादार, कर्तव्यनिष्ठ भएर उच्च व्यावसायिक सुझबुझका साथ काम गरेको र प्रहरीको छवि उच्च राखेको भन्दै सम्मान दिइएको हो ।

    उनै प्रहरी हवलदार शनिबार साँझ घुससहित पक्राउ परे। लागू औषध सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै घुस डिल गरेका उनलाई शनिबार सेवाग्राहीले ५० हजार दिए । स्रोतका अनुसार थापाले ३ लाख डिल गरेका थिए ।

    सोही रकमसहित रंगेहात उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । उनी जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत छन् । हवलदार थापाले आफूलाई पटक पटक दुख दिने गरेको आरोप सेवाग्राहीहरूले लगाएका छन् । फाइल लुकाइदिने र सेवाग्राहीसँग बार्गेनिङ गर्ने गरेको आरोप उनीमाथि छ ।

    उनी विरुद्ध अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र, मुख्यमन्त्री कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी छ ।

    उनी पहुँचकै भरमा दरबन्दी प्रहरी चौकी अरुणखोलामा भए पनि कास्कीमा काज सरुवा भएका थिए । त्यसमा पनि मुद्दा फाँटमा रहेर उनले लामो समयदेखि काम गरिरहेका छन् । थापा विरुद्ध थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय पोखराले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology