Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स बुटवल सिद्धबाबाद्वारा सगरमाथा आधारभूत विद्यालयमा पोसाक बितरण

लायन्स बुटवल सिद्धबाबाद्वारा सगरमाथा आधारभूत विद्यालयमा पोसाक बितरण

  • 3.4K
    SHARES

  • लायन्स बुटवल सिद्धबाबाद्वारा सगरमाथा आधारभूत विद्यालयमा पोसाक बितरण

    बुटवल,माघ २९-  

    लायन्स क्लब अफ बुटवल सिद्धबाबाले तिलोत्तमा ३ मा रहेको सगरमाथा आधारभूत विद्यालयका विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले नर्सरीदेखि कक्षा ४ सम्मका विद्यार्थीको लागि शैक्षिक सामार्गी वितरण गरेको हो ।

    ८० हजार बराबरको शैक्षिक सामाग्री तथा पोषाक वितरण गरेको क्लबका अध्यक्ष ठाकुर प्रसाद आचार्यले जानकारी दिनुभयो ।

    उक्त बिधालयका प्रधानाध्यापक सहित ३ जना शिक्षक शिक्षिकालाइ दोसल्ला ओडाइ सम्मान गरिएको नागरिक अनलाइनलाइ जानकारी दिनुभयो । लायन्स क्लब बुटवलका पुर्व अध्यक्ष  तथा पूर्व गभर्नर महेन्द्र नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो ।lions siddhababa (1).jpg

    यस्तै कार्यक्रममा कल्बका पुर्व अध्यक्ष योगेश घिमिरे , सस्थापक अध्यक्ष रामप्रसाद  बन्जाडे , पुर्व अध्यक्ष गणेश प्रसाद भट्टराई ,कोषाध्यक्ष नेत्र पाण्डेय, कार्यक्रम संयाेजक भूमि सापकाेटा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष , बिद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिति रहेको क्लबका सचिब कृष्ण सुनारले जानकारी दिनुभयो  ।lions siddhababa (2).jpg

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology