Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘डार्क डे’ : यस्तो देखियो बुटवल

‘डार्क डे’ : यस्तो देखियो बुटवल

  • 978
    SHARES

  • ‘डार्क डे’ : यस्तो देखियो बुटवल

    बुटवल,चैत ६ ।

    रुपन्देहीको बुटवल आज ‘डार्क डे’ मा परिणत भयो । बुटवल लगायतका क्षेत्रमा आज दिउँसै अँध्यारो भएको हो ।

    बादलसँगै हावाहुरी र वर्षाका कारण बुटवल लगायतका क्षेत्रमा दिउँसै अँध्यारो भएको हो । अँध्यारोका कारण बुटवल बजार क्षेत्रमा गुडेका गाडीहरूले दिउँसै बत्ती बाल्नु परेको थियो भने तीव्र हावाहुरीका कारण सडकमै गाडी रोकिनुपरेको थियो । 

    मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार नै लुम्बिनी प्रदेशको रुपन्देही लगायत दाङ, बाँके, कपिलवस्तु लगायतका जिल्लामा हावाहुरी चलेको छ । केहीबेर हावाहुरी चलेपछि अहिले पानी परिरहेको छ । पानी पर्न थालेसँगै कालो बादल हटेर क्रमश उज्यालो बन्दै गएको छ । दिउँसाे १ बजेपछि माैसम थप बिग्रिँदा बजार सुनसान बन्दा सडकहरु पनि प्राय खाली देखिए।sadak.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology