Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चुन्नप्रसाद पौडेलको चुनावी खर्च २४ लाख ४३ हजार ८२३ रूपैयाँ

चुन्नप्रसाद पौडेलको चुनावी खर्च २४ लाख ४३ हजार ८२३ रूपैयाँ

  • 558
    SHARES

  • चुन्नप्रसाद पौडेलको चुनावी खर्च २४ लाख ४३ हजार ८२३ रूपैयाँ

    बुटवल,फागुन २६ ।

    रूपन्देही क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका चुन्नप्रसाद पौडेलले निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका छन्।

    पौडेलले निर्वाचनमा २४ लाख ४३ हजार ८२३ रूपैयाँ खर्च भएको भन्दै मंगलबार निर्वाचन आयोगमा खर्च विवरण बुझाएका हुन्।पौडेलले बुझाएको खर्च विवरण अनुसार सबैभन्दा धेरै मसलन्द, छपाइ र प्रिन्टिङमा ९ लाख २१ हजार ७४० रूपैयाँ खर्च भएको उल्लेख छ।

    त्यस्तै खाना, नास्ता तथा चियापानमा ५ लाख ४५ हजार ६८९, बिजुली साउन्ड सिस्टममा २ लाख ७४ हजार ७२० तथा अफिस, प्रचार प्रसार र कार्यालय भाडामा २ लाख ४० हजार खर्च भएको उल्लेख छ।

    त्यसैगरी सवारी साधन तथा इन्धनमा १ लाख ७९ हजार ८९४, गाडी भाडा १ लाख ५० हजार हजार र मञ्च व्यवस्थापन, कुर्ची तथा टेन्टमा १ लाख ३१ हजार ७८० रूपैयाँ खर्च भएको उल्लेख छ।

    chunna.jpg

    रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका थिए । उनले निकटतम प्रतिस्पर्धी एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरे । खरेलले ५६ हजार ५५० मत पाएर निर्वाचित भएका हुन् ।

    त्यस्तै निकटतम् प्रतिस्पर्धी पौडेलले १२ हजार ८६१ मत मात्रै पाए । तेस्रोमा रहेका नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ मत पाउँदा नेकपाका सुभाष पाण्डेले १ हजार ४०९ मत पाए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology