Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा प्रचण्ड-नेपाल पक्षले माघ २८ गते बुधबार काठमाडौंमा प्रदर्शन गर्दै

नेकपा प्रचण्ड-नेपाल पक्षले माघ २८ गते बुधबार काठमाडौंमा प्रदर्शन गर्दै

  • 2.6K
    SHARES

  • नेकपा प्रचण्ड-नेपाल पक्षले माघ २८ गते बुधबार काठमाडौंमा प्रदर्शन गर्दै

    बुटवल,माघ २७-

    नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षले माघ २८ गते बुधबार काठमाडौंमा प्रदर्शन गर्दै छ ।  जुलुसहरू हुने स्थानमा पार्टीका नेताहरू खटाएको छ। 

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोध गर्दै नेकपाको प्रचण्ड-नेपाल पक्षले विरोध प्रदर्शन गर्न लागेको हो।पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरुको नेतृत्वमा जुलुस निकालिने नेकपाले जानकारी दिएको छ।

    पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्नेछन्।त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाललगायत नेतालाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ।

    प्रचण्डले यो विरोध प्रदर्शनलाई व्यापक बनाउन सोमबार काठमाडौंमा आयोजित एक सभाबाट कार्यकर्तालाई निर्देशन दिएका थिए। हालै प्रधानमन्त्री ओलीले पनि दरबारमार्गमा सभा गरेका थिए। उक्त सभामा ३५ हजारजति मानिस भेला भएको भन्दै प्रचण्डले अब आफूहरूले जित्ने वातावरण बन्दै गइसकेको र ओलीले हार्ने अवस्था सिर्जना भइसकेको दाबी गरेका थिए।

    विज्ञप्ति :

    nekapa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology