Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही–२ मा काँग्रेसको टिकटक प्रतियोगिता,डिजिटल प्रचारलाई प्राथमिकता

रुपन्देही–२ मा काँग्रेसको टिकटक प्रतियोगिता,डिजिटल प्रचारलाई प्राथमिकता

  • 1.3K
    SHARES

  • रुपन्देही–२ मा काँग्रेसको टिकटक प्रतियोगिता,डिजिटल प्रचारलाई प्राथमिकता

    बुटवल,फागुन १४ ।

    बदलिएको चुनावी प्रचारशैलीलाई अवलम्बन गर्दै रुपन्देही–२ मा नेपाली काँग्रेसले टिकटक प्रतियोगिता गरेको छ ।

    रुपन्देही–२ का नेपाली काँग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलको चुनावी अभियानलाई डिजिटल माध्यममार्फत सशक्त बनाउन टिकटक प्रतियोगिता गरिएको हो । अभियान टोलीले युवापुस्तालाई सृजनात्मक रूपमा सहभागी गराउँदै चुनावी माहोललाई थप ऊर्जावान बनाउने उद्देश्यले “टिकटक बनाउनुहोस्, पुरस्कार जित्नुहोस्” प्रतियोगितात्मक कार्यक्रम ल्याएको हो ।

    प्रतियोगिताअन्तर्गत सहभागीहरूले उम्मेदवारको समर्थनमा उत्कृष्ट, आकर्षक र ऊर्जावान टिकटक भिडियो तयार गर्नुपर्नेछ । आयोजकका अनुसार भिडियोमा सकारात्मक सन्देश, विकासको दृष्टिकोण र चुनावी अभियानको भाव झल्किनुपर्नेछ ।

    प्रतियोगितामा सहभागी हुन चाहनेहरूले भिडियो पोस्ट गर्दा क्याप्सनमा अनिवार्य रूपमा ‘एन.सी.टिकटक’ ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । साथै, आफ्नो स्थानीय तह र वडा नम्बर खुल्ने गरी सम्बन्धित ह्यासट्यागसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    अभियान टोलीका अनुसार उत्कृष्ट भिडियो बनाउने सहभागीलाई पुरस्कार प्रदान गरिनेछ । मूल्यांकनमा भिडियोको सृजनशीलता, सन्देश, प्रस्तुती र दर्शक सहभागितालाई आधार मानिने बताइएको छ ।

    डिजिटल माध्यममार्फत चुनावी प्रचारप्रसारलाई प्रभावकारी बनाउने प्रयासस्वरूप आयोजना गरिएको यो प्रतियोगिताले विशेषगरी युवाहरूलाई अभियानमा प्रत्यक्ष जोड्ने अपेक्षा गरिएको छ । आयोजकले सबै इच्छुक सहभागीहरूलाई अग्रिम शुभकामना दिँदै उत्साहजनक सहभागिताको आह्वान गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology